बिबिएफसी झापा पाँचौ रवि गोल्डकपको सेमिफाइनलमा

  • Saturday April 7, 2018
  • 59111 Views


radionrn

उत्तम रिजाल, पाँचथर – बिबिएफसी झापा पाँचौ अन्तराष्ट्रिय आमन्त्रित मिक्लकाजुङ रवि गोल्ड कप फुट्बलको सेमिफाइनमा प्रबेश गरेको छ । पाँचथरको रविमा शनिबारबाट शुरु प्रतियोगिताको उद्घाटन खेलमा पाहुना टोली एफसी दार्जिलिङलाई पाँच एकले पाखा लागाउँदै बिबिएफसी प्रतियोगिताको सेमिफाइनल प्रबेश गरेको हो ।

विजयी टिमका लागि म्यान अफ दि म्याच विश्वास श्रेष्ठले ह्याट्रिक गरे भने कर्ण लिम्बु र गिल्शन कन्दङ्वाले एक एक गोल गरे । पराजित टिमका तर्फबाट प्रशान्त विकले गोल गरे ।

खेलको शुरुवातमै आक्रामक देखिएको बिबिएफसीले १३ औं मिनेटमा कर्ण लिम्बुको गोलबाट अग्रता लिएको थियो । तर ३३ औं मिनेटमा दार्जिङका प्रशान्त विकले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

त्यसपछि बिबिएफसीका गिल्शन कन्दङ्वाले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । पहिलो हाफमा दुई एकको अग्रता लिएको बिबिएफसीले दोश्रो हाफमा अझ उत्कृष्ट प्रदर्शन गर्दै थप तीन गोल गरेको थियो ।

उसका लागि दोश्रो हाफकोे १५ औं,२३ औं र २७ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गरेका थिए । आइतबार अन्तिम चार प्रबेशका लागि चर्चव्वाइज युनियन काठमाण्डौैं र राष्ट्रिय जागृती सुनसरी आमने सामने हुनेछन् ।

प्रतियोगिताको विजेताले नगद दुई लाख तथा उप विजेताले एक लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन प्रतिनिधी सभाका सदस्य बसन्त कुमार नेम्बाङले गर्नु भएको थियो ।

क्लबका अध्यक्ष गणेश दर्लामीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष बाबा मेनेङबो, जिल्ला फुट्बल संघका अध्यक्ष सुजन नेम्बाङ, मिक्लाजुङ् गाउँपालिकाका प्रमुख अमर राज माखिम,जमर्नीका लागि पुर्व राजदुत प्रा.डा.नवलकिशोर राई लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितको आयोजना राइजिङ्ग स्टार स्पोर्टिङ्गले गरेको हो । प्रतियोगितामा नेपाल र भारतका गरि आठ टिमको सहभागिता रहेको छ ।

Recent Comments

    Avatar

    Next Story