प्रचण्ड-विप्लव संग मान्छे मार्ने लाईसेन्स छ!?

  • Tuesday May 28, 2019
  • 2808 Views
बिश्वबन्धु भण्डारी

दिलिप बाबु शिवा
बि.सं. २०७३ सालको असोज महिनामा तात्कालिन निर्माण ब्यबसायि संघका अध्यक्ष शरद गौंचनको दिनदाहाडै गोलिहानि हत्या गरियो।
गोलि हान्नेहरुले गौचन सवार गाडिको बुलेटप्रुभ सिसा पहिले ढुंगालो तोडेका थिए र त्यसपश्चात उनलाई गोलि ठोकेर फरार भएका थिए। यो घटना मध्यदिनमा राजधानि काठमाण्डौको मुटु बानेश्वरमै भएको थियो। त्यस घटनाले प्रशासनिक निकायको सुरक्षा संयन्त्रलाई ठुलो चुनौति दिएको थियो। सिंगो देश तात्यो। मृतकप्रति स्वभावैले सहानुभूतिहरु बटुलिए र हत्यारा प्रति आक्रोष अनि मुगदर्शक सुरक्षा निकायप्रति आम जनताको अबिश्वास बढ्यो।
यो र यस किसिमका ब्यक्ति हत्याका घटना बिभिन्न आवरणमा त्यस अघि र त्यसपछि पनि लगातार भैरहेका थिए र भैरहेका छन। मेरो मानसपटलमा यहि घटनाले ठाउ ओग्टनुको बिशेष कारण छ।
घटना घटेको दिन सामाजिक संजालमा मानिसहरुले आक्रोश, ज्ञ्लानि, अबिश्वास, पश्चातप, सहानुभुति, श्रद्धान्जलि सबै किसिमका भावना र बिचारहरु राखे। त्यहि मध्ये कसैले आफ्ने फेसबुकमा लेखेको बाक्यांश मेरो मष्तिस्कमा सधै घुमिरहन्छ। र ब्यक्ति हत्याका जुनुसुकै घटना पछि म मा यहि शब्द प्रतिघ्वनित भैरहन्छ। त्यस साझ कसैले यस्तो लेखेको थियो;
“हामि कसैले मार्न नसकेर हैन, मार्न नचाहेर बाचि
रहेका छौँ।” यो बिचार कसको थियो ठ्याक्कै थाहा छैन। तर जसको थियो क्या दमदार थियो। नेपाली राजनितीको ईतिहासमा १ दशक लामो एउटा कालो पाटो छ। जसले १७००० निर्दोष को ईहलिला खोसेको छ। लाखौलाई बेपत्ता, अपांग, टुहुरो, घरबारबिहिन बनाएको छ। अरबौ मुल्य बराबरको सार्बजनिक सम्पदा ध्वस्त पारेको छ। खरबौ बराबरको क्षति गरेको छ र समग्रमा देशको बिकासलाई ५० औँ बर्ष पछि धकेलेको छ।हतियार द्वारा राज्यसत्ता कब्जा गर्ने अतिवादि मिसन सहित सुरु भएको त्यस शसस्त्र द्वन्दले १ दशकमा देशलाई कंगाल मात्रै पारेको छैन, देशमा राजनैतिक ब्यथिति र अपराधको नउखेलिने जरो गाडिदिएको पनि छ। त्यसैको उपज हो आज मान्छेले मान्छेलाई झिंगा, मच्छड जस्तो चुट्किमा मार्न सक्छ।मान्छे समवेदनाहिन निर्जिव ढुंगा जस्तो बनेको छ। ढुंगा जस्तो मात्रै पनि हैन मान्छे आफैमा हतियार जस्तो बनेको छ।

ब्यक्ति हत्याका श्रृंखलालाई राजनैतिकरण गरेर त्यसलाई राजनैतिक मिशनको नाम दिई सम्बद्द जत्थाले त्यसलाई जनयुद्दको कथित पगरि दिएको छ। हिंसात्म द्वन्दको यस कालो पाटोलाई उनिहरु गर्वका साथ चर्चा गर्छन।तर हिंसा र हत्या आजको युगमा गर्वको बिषय हुन सक्दैन।आफ्नो प्रभुत्व र आफ्ना बिचारहरुलाई बन्दुक द्वारा लाद्ने सिद्धान्त प्रजातन्त्र र ब्यैक्तिक स्वतन्त्रताका बिपरित छन।यो बिशुद्द अतिवादि र आतंकबादि चिन्तन हो। कुनै लोकहितकारी राजनैतिक सिद्धान्त हैन र हुन सक्दैन पनि।
तात्कालिन आतंकबादि गिरोह माओबादिले हतियारको राजनितीलाई बिटमारेर संसदिय ब्यबस्थामा आफुलाई सहमत गराई पूर्णकालिन युद्द बिराम र शान्ति सम्झौता मार्फत मूलधारको राजनितीमा प्रबेश गरेको आज करिब ढेड दशक भैसकेको छ।
२०६२/६३ को ऐतिहासिक जनआन्दोलन पश्चात नवगठित ब्यबस्था अनुरुप झण्डै १ दशकको अभ्यासमा देशले नया संबिधान पनि पाईसकेको छ। यस बिच तात्कालिन माओबादि सत्ताधारी र प्रतिपक्ष दुवै भूमिकामा धेरैपटक बसि सकेको छ। संसदिय ब्यबस्था र निति अनुसार चुनावि नजिताले क्रमश ठुलो र सानो दल पनि बनेको छ।संसदिय ब्यबस्था र प्रजातान्त्रिक परिपाटिलाई आत्मासाथ गरेर राजनितीमा सेफल्यान्डिंग गरेको तात्कालिन माओबादिले युद्ध बिराम पछि युद्दबाट आक्रान्त जनता र क्रशित अन्य दलका राजनितीक कार्यकर्ताहरुको भावनालाई खेल्दै युद्द बिराम पछिको १० बर्षलाई सत्तारोहण र शक्ति संकलनमा केन्द्रित गरि शसस्त्र द्वन्दमा संलग्न उपल्लो स्तरका सिमीत ब्यक्तिहरुको जिन्दगिमा कायापलट ल्याईदिएको छ।
राज्य बिरुद्ध बन्दुक उठाएर पनि उनिहरु योद्धा कहलिएका छन, निर्दोषलाई मारेर पनि उनिहरु मुक्तिदाता बनेका छन, देशलाई बर्बाद पारेर पनि आफुलाई परिवर्तनकारी भन्ने गर्छन।हत्याराको दर्जाबाट रातोरात नेता बनेका छन। आतंकबादिबाट क्रान्तिकारी बनेका छन।
एक प्रसिद्ध बिद्वानले भनेका छन; “हिंसा भन्दा हिंसाप्रतिको सम्मोहन बढि खतरनाक हुन्छ।”
ब्यक्ति परिस्थिति बिशेषले हिंस्रक बन्छ। अझ भनौ मानिसमा भएको क्रोध अथवा डरले मानिसलाई हिंस्रक बनाउछ।डरकै कारण मानिसले आफु हतियार बोक्दा सुरक्षित महसुस गर्छ। हतियार बहादूरिको प्रतिक हैन बस डर बिरुद्धको कवज मात्रै हो।
जब हिंसामा मानिसले महत्वकांक्षा राख्छ, त्यसमा फाईदा देखेर अरुलाई मासेर आफ्नो एकल साम्राज्य स्थापित गर्ने अभिलाशा पाल्छ तब जानाजान हिंसाको बाटोमा लाग्छ।त्यसपछि मान्छे मान्छेलाई नै काट्ने कसाई बन्छ।
हिंसात्मक श्रृँखलाको कुनै बिन्दूमा अन्त्य निश्चित छ तर हिंसाप्रतिको सम्मोहनको अन्त्य ब्यक्ति आफैमा निर्भर हुन्छ।
मार्नु पर्छ र मारिनु पर्छ भन्ने बिचार मानिसको मानस पटलमा बचिरह्यो भने हिंसा जुनसुकै बेला ब्युतन सक्छ।
पशुको समेत अधिकारको चर्चा चल्दै गरेको एक्काईशौ शत्बादिको यो युगमा हिंसालाई राजनैतिक सिद्धान्त र हिंसात्मक अभ्यासलाई राजनैतिकरण गर्ने प्रथाले सिंगो राष्ट्रलाई निमेशभरमा चिहान बनाउछ।जसको भरपाई गर्न राज्यलाई पुस्तौ पुस्ता लाग्छ। अफ्रिकी,मध्यपूर्बि- दक्षिण ऐशियालि मुलुकमा सालौ साल सम्म चलेको द्वन्दका कारण ति देशहरुको अर्थतन्त्र,जनजिवन, भौतिक संरचनाको बिकास, मानव बिकास सुचांक, कुल ग्राहस्थ उत्पादन लगायत तमाम सुचांकहरुको अवस्था अत्यन्तै दयनिय छ। यि देशहरु दिनानुदिन गरिबबाट महा गरिब देश बन्दैछन। दुखका साथ भन्नु पर्छ ति देश मध्येको एउटा देश नेपाल पनि हो।
लामो कालखण्ड राजनैतिक संक्रमण बाट गुर्जिदै नेपाले भौतिक र आर्थिक बिकासको लागि प्रयोग गर्नुपर्ने संवेदनशिल र महत्वपूर्ण समय द्वन्दको सामान गरेर बिताउनु परेको छ। नेपाल भन्दा पछि पहिचानमा आएका र बिगतमा नेपालेले सहयोग गर्ने हैसियतका देशहरु आज नेपाल भन्दा धेरै माथिल्लो स्तरमा पुगि सकेका छन। तर संक्रमण र द्वन्दकै भूमरीमा रुमल्लिएको कारण नेपाल औसतमा जे हुनु पर्ने थियो त्यो त भएन भएन त्यो भन्दा धेरै पछाडि धकेलिएको छ।
नेपाल र थाईलेण्डमा प्रजातन्त्र स्थापना करिव एकै समयमा भएको थियो। आजको थाईलेण्डले आफुलाई बिश्व बजारका बिकसित र सम्पन्न देशमा उतारि सकेको छ भने, नेपाल गरिब देशको सुचिको अग्र स्थानमा उत्रिन प्रयत्नशिल जस्तो देखिन्छ।
बि.सं. २०४६ पछिको परिवर्तनले देशमा प्रजातन्त्र र सामाजिक-आर्थिक बिकासको जग हाल्ने दीघो पथ पाएको थियो।संबिधानले प्रारम्भिक चरणमा जनतालाई अधिकार सम्पन्न पनि बनाएको थियो।देशले आर्थिक प्रगति र बिकासको जग हाल्ने भयकै कारण नेपाल गरिबी र संक्रमणमा धेकेलेर फाईदा लुट्न चाहेन अन्तराष्ट्रिय शक्तिकेन्द्रको प्रायोजनमा माओबादि मार्फत नेपालमा सशस्त्र द्वन्द गराईयो।
दश बर्षे द्वन्दको चोट भोग्नेलाई थाहा छ। जसले गुमायो त्यसलाई थाहा छ। देशले के पायो के गुमायो त सबैको आँखाकै अघि छ। २०/२५ बर्ष अघि माओबादिले पड्काएका पुल, ट्रान्सफर्मर, बिद्युतिय आयोजन, टेलिफोन टावर, आज सम्म पूनस्थापित भएका छैनन। उनिहरुले लुटेका बैक, अतिक्रमण गरेका जमिन, जलाएका चौकि, ध्वस्त पारेका सरकारी भवन, आदी पुर्नस्थापना गर्ने काम अझै सकिएको छैन।मानविय क्षतिको भरपाई त हुने कुरै भएन। द्वन्दपिडितका मुद्दा बिचाराधिन छन। बेपत्ताहरुको लाश वा शासको तथ्य छैन।बिस्थापित परिवार आज सम्म पनि शोक र अभावमा ज्यून बाध्य छ। अरु त अरु, बन्दुक उठाएरै परिवर्तन हुन्छ भन्ने आतिवादि सोचको पछाडि अन्धो भएर आफुलाई आतंकबादि संगठनमा भर्ति गराउने सोझा, निमुखा र हिप्नोटाईज्ड लडाकुहरु समेत गुजाराका लागि खाडि भासिनु परेको छ।
उज्जन श्रेष्ठ, डेकेन्द्र थापा, कृष्ण प्रसाद अधिकारी, आदि जस्ता हजारौ निर्दोषका परिवार बिना कसुर द्वन्दको घाउ खप्न बाध्य छ। न्यायको लागि लड्दा लड्दै उनिहरु थाकेका छन।
माओबादिले नेपालको सुख र नेपालीको भाग्य खोसेको छ।
द्वन्दकालमा रित्तिएका गाँउहरु आज पनि रित्तो छन। शहर र सदरमुकाम केन्द्रित बसोबासका कारण गाँउले परिवेश हराएको छ। उत्पादन क्षमतामा भारी ह्रास आएको छ।दैनिक गुजारा महंगो भएको छ।राज्यले बिकल्प दिन नसकेकै कारण दक्ष जनशक्ति ठुलो संख्यामा पलायन भएको छ। लुटतन्त्र र भ्रष्ट्रतन्त्रको जरा गाजिएको छ।नागरिकमा चरम बितृष्णा र हिनताबोध छ।स्वर्ग जस्तो देश द्वन्दकै कारण नर्क बनेको छ।
प्रजातन्त्रको बहालि-पूर्नबाहालि, पहिलो पटक संबिधान निर्माण, शसस्त्र द्वन्दको सुरुवात, युद्ध बिराम, शान्ति सम्झौता, द्वन्दको अन्त्य, जनआन्दोलन, संबिधान सभाको चुनाव, १ दशक लामो जातिय र प्रादेशिक मुद्दा, दोस्रो पटक सबिंधान लेखन, घोषणा, नाकाबन्दि, चुनाव, गर्दै लामो संक्रमण संग जुधेर, हजारौ लाखौँको प्राणको आहूति दिएर नेपाल एउटा निचोडमा पुगिसकेको छ। जसबाट पछि हट्नु पुन एकपटक त्यति नै महंगो शाबित हुनेछ। यतिका लामो संक्रमण बाट निचोड सम्मको यात्रामा द्वन्दको घाउ अझै आलै रहेको छ। न कसैको घाउ भरिएको छ न आशु नै सुकेको छ।
खोलाहरुमा रगतको गन्ध अझै छ। माटोमा रगतको टाटो अझै भेटिन्छ। तर कंकाल माथि चढेर सत्ता र शक्तिको शिखरमा पुग्ने महत्वकांक्षा केहि ब्यक्तिमा अझै घटेको छैन।
जुन त्राशमा नेपाल बाच्यो पुन त्यसैलाई ब्युत्याउने काम हुदैछ।
हिजो शसस्त्र द्वन्दमा सम्मेलित केहि ब्यक्ति र तिनिहरुको गिरोह आजपनि त्यहि र त्यस्तै द्वन्दको भूमरीमा देशलाई धकेलि रहेको छ। हिजो पनि कहा कति बेला बम पड्किन्छ भन्ने त्राशमा बाच्नु पर्थियो आज पनि त्यहि त्राश लिएर हिड्नु परेको छ। हिंसाको श्रृंखला-१ सकिएको केहि अन्तरालमा श्रृंखला-२ सुरु हुने छाटकाट देखिएको छ।अब यसले देशलाई कता लादैछ?
नागरिकको स्वतन्त्रता पूर्वक बाच्न पाउनु पर्ने प्राकृतिक अधिकार माथि हस्तक्षेप गरेर कुनै अमूक ब्यक्ति अथवा गिरोहले हत्या गर्ने छुट पाउदैन। लेलिन, स्टार्लिन, माओ अलाप्नु बिधाता बन्नु हैन।। र गिरोहको नामको अघि कम्यूनिष्ट पार्टि लेख्नु, माओबादि लेख्नु, क्रान्तिकारी लेख्नु, हसिया-हतौडा र ताराको झण्डा बोक्नु, नक्सलवादि बन्नु, मनमोजि मान्छे मार्ने लाईसेन्स पाउनु हैन।
मार्न पाउने अधिकार स्वयम जन्मदिनेलाई समेत छैन। एउटा नकाबधारी, हत्यारधारी गिरोह मान्छे मार्ने बधाशालाको संचालक हैन। मार्ने र मारिदिने निर्णय लिने न्याधिय पनि हैन.
समाजका बिकृति र मानिसमा भएको अपराधलाई नियन्त्रण कुनैपनि देशको कानुनले गर्छ। मानौ म सामन्त नै भएपनि मेरो सामन्तिपनको अन्त्य राज्यको नियम र राज्यको कानुनि ब्यबस्थाले गर्छ। कुनै अतिवादि जत्थालाई कानुन र राज्यभन्दा माथि उठ्ने अधिकार छैन र भएमा कुनै नागरिकलाई सैह्य हुदैन पनि।
यदि हतियारनै राजनैतिक सफल अवतरणको शुत्र र माघ्यम हो भने राज्यले हरकोहिलाई हतियार बोक्ने ऐक्षिक बिकल्प प्रदान गर्नुपर्छ। मर्ने र मार्ने लडाईमा जो अन्तिम सम्म टिक्छ, जो सबैलाई मारेर बिजेता हुन्छ उ नै नया सम्राट बन्ने नियमको घोषणा गरिनुपर्छ। यो राज्य प्रचण्ड-बिप्लव जि हरुको जति हो मेरो पनि हो,हामि सबैको हो।
वारलर्ड बनेर अलग साम्राज्य बनाउने न यो माओको जमाना हो, न नै सामान्ति मारेर साम्यवाद ल्याउन लेलिन-स्टार्लिनको जमाना हो।यो देशमा चिनिया शिन बंश र रुसी जार बंशको अवशेष सम्म छैन।राजा रैति भैसकेका छन। निर्णय जनता र जनभावनाले गर्छ। जनताले त्यो अधिकार पाईसकेका छन। अधिकार माथि हतियारको डोजर चलाउन कसैले पाउदैन।
चाहो त्यो हिजोको प्रचण्ड-बाबुरामको जत्था होस या आजका बिप्लब-बौद्यको जत्था होस, ब्यक्ति हत्याको सजायको भागेदार सबै हुनुपर्छ।
किनकि, प्रचण्ड-बिप्लप कसैले पनि राज्यले मान्छे मार्न पाउेन लाईसेन्स दिएको छैन।
हाल जापान

Recent Comments

    Avatar

    Next Story