सुडानमा सेनाले चलाएको गोली लागेर ३० जनाको मृत्यु, सयौं घाइते

  • Tuesday June 4, 2019
  • 1222 Views
Radin NRN

सुडानको राजधानी खार्तुम सेनाले चलाएको गोली लागि मृत्यु हुनेको संख्या कम्तिमा ३० पुगेको छ ।

सैनिक शासनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सेनाले गोली प्रहार गरेको हो । घटनामा सयौं घाइते भएका छन् ।

सेनाले खार्तुमस्थित एक अस्पतालभित्रै प्रवेश गरेरसमेत गोली चलाएको र ठूलो संख्यामा मानिसको मृत्यु भएको अधिकारकर्मीहरुले जनाएका छन् ।

सैन्य मुख्यालय अगाडि धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउने क्रममा सेनाले गोली चलाएको हो । प्रदर्शनस्थलमा लगातार गोली चलेको आवाज आएको पनि बताइएको छ ।

सैनिक शासनविरुद्ध प्रदर्शनकारीहरु सैनिक मुख्यालय बाहिर र शहरका मुख्य प्रशासनिक केन्द्र वरपर महिनौंदेखि अवरोध खडा गरेर धर्नामा बसेका थिए ।

आन्दोलनका कारण राजधानी खार्तुमका सबैजसो क्षेत्रमा मेसिनगन जडान गरिएका ठूलो संख्यामा सैनिक ट्रकसहितको टोलीको बाक्लो उपस्थिति रहेको छ ।

चिकित्सकहरुको केन्द्रीय टोलीले घटनामा सयौं व्यक्ति घाइते भएको र मृत्यु हुनेहरुको संख्या अझै बढ्न सक्ने दाबी गरेको छ ।

Recent Comments

    Avatar

    Next Story