गल्कोट स्पोर्टस् क्लबको अधिवेशन जुलाईमा हुने , मैत्रिपूर्ण भलिबलबाट सकलन भएको ४ लाख एेन गौतम बुद्व अन्तर्राष्ट्रीय क्रिकेट रंगशाला प्रदान गरिने ।

  • Friday June 7, 2019
  • 3809 Views
बिश्वबन्धु भण्डारी

टोकियो
गल्कोट स्पोर्ट्स क्लब जापानको अधिवेशन आउँदो जुलाईमा हुने भएको छ । शुक्रवार जापानको टोकियोमा सम्पन्न समितीको बैठकले अधिवेशनको मिति सहित गएको अप्रिलमा सम्पन्न भएको पाँचौ मैत्रीपुर्ण भलिबल प्रतियोगिताको आय ब्यय पनि सार्वजनिक गरेको छ ।
अप्रिलमा सम्पन्न भलिवल प्रतियोगितामा बिभिन्न १० टिमको सहभागिता रहेको प्रतियोगिताबाट सकलन गरिएको ४ लाख ५ हज़ार एेन धुर्मुस सुन्तली फ़ाउन्डेशनद्रारा निर्माणका लागी घोषणा गरिएको गौतम बुद्व अन्तर्राष्ट्रीय क्रिकेट रंगशाला निर्माणमा सहयोग पुर्याउन धुर्मुस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरिने भएको छ ।
क्लबका अध्यक्ष रत्नसिंह बस्तेतको अध्यक्षतामा बसेको बैठकले आगामी जुलाई १६ तारिक मंगलबार अधिबेशन गर्ने र सो अधिबेशन तयारीका लागी बिभिन्न उपसमितीहरु बनाएको छ ।

टोकियोको ओमरी स्थित सारङ्गी रेष्टुरेन्टमा भएको बैठक पश्चात क्रल्बले जापान भ्रमणमा रहनु भएका गल्कोटे पुर्व भलिबल खेलाडी एव हालका चर्चित संगीतकार श्रीकृष्ण बम मल्ल र गल्कोटमा रहेर लामों समय सामाजिक क्षेत्र र शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान पुराएका प्राज्ञिक ब्यक्तित्व नन्दराज तिमिल्सिनालाई एक समारोह माँझ सम्मान प्रदान गरेको छ । उहॉहरुलाई गल्कोट स्पोर्ट्स क्लब जापानका अध्यक्ष रत्नसिंह बस्नेत र गल्कोट समाज जापानका संरक्षक नर बहादुर थापाले संयुक्त रुपमा सम्मान पत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा कल्बका महासचिब लक्ष्मण कार्कीले क्लबको गतिबिधिहरुका बारेमा जानकारी दिनुभएको थियोभने कार्यक्रममा पर्यटन ब्यवशायी मेध के.सी., गल्कोट समाज जापानका संरक्षक नर बहादुर थापा, गल्कोट स्पोर्टस कल्बका संरक्षक गिरी शेरचन, एन आर एन ए जापानको सह कोषाध्यक्ष अनिल थापा, एनआर एन ए कान्तोका संयोजक नबिन निउरे, सल्लाहकार रामकृष्ण बम मल्ल, गल्कोट समाज जापानका उपाध्यक्ष कालिका थापा लगायत समाज र स्पोर्ट्स क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम गल्कोट स्पोर्ट्स क्लब टोकियोका सचिब दुर्गा बहादुर खत्रीको संचालनमा सम्पन्न भएको थियो ।

Recent Comments

    Avatar

    Next Story