बेलायती प्रधानमन्त्री मे आज देखि पार्टीको नेताबाट बाहिरिन

  • Friday June 7, 2019
  • 936 Views
Radin NRN

बेलायती प्रधानमन्त्री थेरेसा मे आजबाट कन्जर्भेटिभ पार्टीको नेताबाट औपचारिक रुपमा बाहिरिएकी छन् । मेले दुई साता अघि पदबाट राजीनामा दिने घोषणा गरेकी थिइन । युरोपियन युनियनबाट बेलायत बाहिरिने ब्रेक्जिटका विषयमा मे ले संसदमा पेश गरेका सबै प्रस्तावहरु असफल भएपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेकी थिइन ।

नेताबाट हटेपछि पार्टीमा उनको उत्तराधिकमरी खोज्न बाटो खुलेको छ । पार्टीले अर्को प्रधानमन्त्री छनौट नगरेसम्म मेलेनै प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने बताईएको छ । मेले अघि सारेका योजनाहरुको उनकै पार्टीका नेताहरुले विरोध गरेपछि उनलाई पद त्याग गर्न दबाब बढेको थियो । मे कन्जर्भे्िटभ नेताबाट हटेपछि नयाँ प्रधानमन्त्री चयनका लागि पार्टी भित्र नेताहरु छलफलमा जुटिरहेका छन् ।

Recent Comments

    Avatar

    Next Story