भोलीदेखि महेन्द्रनगरमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता हुने

  • Tuesday June 18, 2019
  • 1300 Views
Radin NRN

हरिश चन्द्र बाग, कञ्चनपुर । बुधबार देखि कञ्चनपुरको महेन्द्रनगरमा हुने राष्ट्रिय स्तरको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।

महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषदको सहकार्यमा आयोजना हुने प्रतियोगिता सञ्चालनको सबै जिम्मेवारी महाकाली स्पोर्टस् सोसाइटीको रहेको छ ।

अुनमानित ८८ लाख लागत रहेको उक्त प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषदले ३५ लाख बजेट विनियोजन गरेको छ भने बाँकी बजेट आयोजकले प्रायोजकहरुबाट संकलन गर्नेछ ।

प्रतियोगिताको विजेताले रु. पाँच लाख र उपविजेता टोलीले रु. तीन लाख नगद तथा ट्रफ्री हात पर्नेछ । बुधबार हुने पहिलो खेल सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका बीच हुुने आयोजकले जनाएको छ ।

Recent Comments

    Avatar

    Next Story