ओली र देउवा एक अर्कालाई संसदीय अभ्यास सिकाउँदै, आफू अनुलुल व्याख्या भएको विश्लेषको टिप्पणी

  • Wednesday June 19, 2019
  • 858 Views
Radin NRN

प्रजातन्त्रका लागि जीवनका धेरै वर्ष जेलनेल भोगेका प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा एकअर्कालाई संसदीय अभ्यास सिकाउन थालेका छन् ।

नेपालको वर्तमान राजनीतिका दुई शिखर व्यक्तित्व ओली र देउवा एक अर्कालाई संसदीय अभ्यासको तौर तरिका सिकाउने गरी भद्दा आरोप प्रत्यारोपमा उत्रेका हुन् । प्रजातान्त्रिक अभ्यासबारे दुवै नेताहरुको जुंगाको लडाइका कारण सदनको कारबाही समेत प्रभावित हुन थालेको छ ।

हिजो संसदमा को पहिला बोल्ने भन्ने विषयमा कुरा नमिलेपछि रोष्टममा पुगेका प्रधानमन्त्री ओलीलाई कांग्रेसले अवरोध ग¥यो । देउवा आफै वेल घेर्न पुगेपछि प्रधानमन्त्री ओलीले उहाँविरुद्ध खरो टिप्पणी गर्नुभयो ।

आफूलाई सदनमा बोल्न नदिइएको झोकमा पत्रकार सम्मेलन गरेका प्रधानमन्त्री ओलीले देउवाविरुद्ध ब्यङ्ग्य कस्दै प्रजातान्त्रिक पद्धतीको खिल्ली उडाएको आरोप लगाउनुभयो ।

संसदमा बोल्न नपाएका कारण आफूले पत्रकार सम्मेलन गरेको नभई अन्य विविध विषयमा मुलुकलाई जानकारी दिन पत्रकार सम्मेलन गरेको बताए पनि प्रधानमन्त्री ओलीले अधिकांश समय कांग्रेसले बोल्न नदिएको विषयमा खर्चनुभएको थियो ।

प्रजातान्त्रिक अभ्यासको खिल्ली उडाएको ढंगले प्रधानमन्त्रीले आरोप लगाएपछि कांग्रेस सभापति शेरबहादुर देउवा झनै आक्रोशित हुनुभयो । आज बसेको संसद बैठकमा आक्रोशित मुद्रामा प्रस्तुत भएका देउवाले संसदीय अभ्यास प्रधानमन्त्री ओलीले नै बुझ्न नसकेको आरोप लगाउनुभयो ।

उहाँले ४८ सालदेखि सांसद बनेका ओलीले सरकार सत्तापक्षको र संसद प्रतिपक्षको हुने संसारभरको नियम बुझ्न नसक्नु दुःखद भएको टिप्पणी गर्नुभयो ।

प्रजातन्त्र स्थापनापछि थुप्रै पटक सांसद, मन्त्री र पटक पटक प्रधानमन्त्री भएका यी दुई नेता पछिल्लो समय संसदीय अभ्यासबारे एक अर्कालाई पाठ पढाउन थालेपछि राजनीतिक वृत्तमा अनेक खालका टिप्पणी भइरहेका छन् ।

राजनीतिक विश्लेषक पुरन्जन आचार्यले संसदीय पद्धती र मान्यतालाई सम्मान गर्ने काम दुवै नेताबाट नभएको टिप्पणी गर्नुभयो । उहाँले ढिलै भए पनि शीर्ष नेताले एक अर्कालाई संसदीय प्रणाली सिकाउनु राम्रै विषय भएको प्रतिक्रिया दिनुभयो ।

संसदीय अभ्यास, परम्परा र पद्धतीलाई आफू अनुकुल व्याख्या गर्ने गरेका कारण सदनमा असोभनीय क्रियाकलाहरु बेला बेला भइरहेका छन् ।

आफ्नो जीवनका महत्वपूर्ण समय प्रजातन्त्र स्थापनाका लागि संघर्ष गरेर पटक पटकका आन्दोलनमा सहयोद्धाका रुपमा काम गरेका यी दुई नेता, ओली र दाहालले अहिले आएर एक अर्कालाई संसदीय अभ्यास सिकाउन थालेपछि मुलुक अचम्मित भएको टिप्पणी सामाजिक सञ्जालमा पनि भइरहेको छ ।

 

Recent Comments

    Avatar

    Next Story