राजदूत नियुक्त गर्न, सिफारिस गरेका व्यक्तिबारेको सुनुवाई प्रक्रिया सुरु

  • Wednesday June 19, 2019
  • 481 Views
radionrn

काठमाडौं – सरकारले चार देशका लागि राजदूत नियुक्त गर्न भन्दै सिफारिस गरेका व्यक्तिबारेको सुनुवाई प्रक्रिया सुरु भएको छ । संसदीय सुनवाई विशेष समितिको आज बिहान बसेको बैठकले राजदूत प्रस्तावित चारजना विरुद्ध कुनै उजुरी गर्न १० दिनको समय दिने निर्णय गरेको नेकपाका सांसद योगेश भट्टराईले जानकारी दिनुभयो ।

गएको जेठ २३ गते बसेको मन्त्रीपरिषद बैठकले बंगलादेशका लागि डाक्टर वंशिधर मिश्र, कतारका लागि डा. नारदनाथ भारद्वाज, अस्ट्रेलियाका लागि महेशराज दाहाल र स्पेनका लागि दावा फुटी शेर्पाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।

Recent Comments

    Avatar

    Next Story