जापानमा रहेका रामपुरेले गरे मृगौला पिडीतलाई सहयोग,

  • Monday June 24, 2019
  • 1053 Views
बिश्वबन्धु भण्डारी

जापान टोकियो,
रामपुर जापान सम्पर्क मन्चले मृगौला पिडीत रामपुर नगरपालिका वडा नम्वर ८ का भिम बहादुर कुमाललाई आर्थिक सहयोग प्रदान गरेको छ । पाल्पा जील्लाको रामपुर नगरपालिका वडा नं. ८ को वडाकार्यालय भवनमा रानपाका मेयर रमण थापा, प्रशासकीय प्रमुख बाबुराम अर्याल र अन्य सामाजिक ब्यक्तित्वहरु तथा अामा समुहको उपस्थितमा ८८,८८८।-सहयोग रकम हस्तान्तरण गरेको हो । सहयोग रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिका का मेयर रमण थापाले रोग लाग्दैमा निराश भैहाल्नु नपर्ने तर नियमित खान-पानमा ध्यान पुर्याउनु पर्ने बताउनु भएको छ । मेयर थापाले जन्मथलो रामपुर भएता पनि कर्मथलो जापान बनाउनु भएका साथिहरुको साझा मंच रामपुर जापान सम्पर्क मंचको यो उदारताको लागि हार्दिक सम्मान व्यक्त गर्नुभएको छ । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि रामपुर नगरपालिकाका प्रकाशकीय अधिकृत बाबुराम अर्यालले रामपुर जापान सम्पर्क मंचले गरेको कामको प्रशंसा गर्दै भीम ब. कुमालको उपचारको लागि सहयोगि हातहरु जुट्दै जाउन र यसमा रामपुर नगरपालिकाले पनि आफ्नो क्षेत्रबाट पहल गर्ने बताउनु भएको छ ।
रानपा ८ निवासि भीम ब. कुमालको दुवै मृगौलाले काम नगर्ने जानकारि पाएपछि यस मंचले “भीम ब. कुमाल बचाऔ” अभियान संचालन गरि जापानका बिभिन्न ठाँउमा छरिएर रहनु भएका रामपुरवासी लगाएत यस मंचलाई मायागर्ने सहयोगिमनहरुबाट ८८,८८८।- रकम संकलन गरि नेपाल पठाएको यस मंचका सचिव उमेश अर्यालले रेडियो एनआरएनलाई जानकारि गराउनु भएको छ ।

Recent Comments

    Avatar

    Next Story