एउटै पार्टीमा हुँदा विप्लवले आफ्नो दिमाग खल्बल्याउने तर्क गरेको नेकपा अध्यक्ष प्रचण्डको खुलासा

  • Tuesday June 25, 2019
  • 702 Views
Radin NRN

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा एउटै पार्टीमा हुँदा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले कहिलेकाँही आफ्नो दिमाग खल्बल्याउने तर्क गर्ने गरेको बताउनुभएको छ ।

भरतपुर महानगरपालिकाको नगरसभालाई आज सम्बोधन गर्दै दाहालले विप्लवका तर्कले विगतमा अलिअलि आफ्नो दिमाग खल्बलीने गरेको सुनाउनुभयो ।  शान्ति प्रक्रियामा आएर संविधानसभाको निर्वाचन भइसकेपछि विप्लवले एक बैठकमा आफूहरुलाई प्रचण्डले काठमाडौँ ल्याउने भनेर मुम्बईमा बेचेको जस्तो अनुभूति भएको बताएको प्रचण्डले सुनाउनुभयो ।

प्रचण्डले अहिले आएर शायद विप्लवले मुम्बई नभएर काठमाडौँ नै ल्याएको कुरा बुझिसकेको हुुनुपर्ने बताउनुभयो । ‘प्रचण्डले मुम्बई लगेको रहेनछ काठमाडौँ नै लगेको रहेछ’ भन्ने बुझेपछि विप्लव मूलधारको राजनीतिमा आउने प्रचण्डको दाबी छ ।

उहाँले आजभोलि आफूले पाएको संकेत अनुसार विप्लवले यो कुरा बुझिसकेकाले उनी छिट्टै मूलधारको राजनीतिमा आउने विश्वास व्यक्त गर्नुभयो ।

प्रचण्डले सार्वजनिक मञ्चबाटै ‘विल्पव’लाई मुलधारको राजनीतिमा ल्याउने दाबी गर्दै आउनुभएको छ । सरकारले विप्लव समूहसँग वार्ताको प्रयास जारी रहेको पनि बताइरहेको छ । तर, आफ्ना नेता कार्यकर्तामाथि धरपकड नरोकेपछि विप्लव समूह आक्रोशित छ ।

Recent Comments

    Avatar

    Next Story