गुठी विधेयक आज संसदमा फिर्ता हुने

  • Tuesday June 25, 2019
  • 871 Views


Radio NRN

सरकारले विवादित गुठी विधेयक आज औपचारिक रुपमा फिर्ता गर्ने भएको छ । राष्ट्रिय सभामा रहेको विधेयक फिर्ता गर्न आज राष्ट्रिय सभामै सो विधेयक फिर्ता सम्वन्धी प्रस्ताव पेश हुने भएको हो ।

भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले विधेयक फिर्ताको प्रस्ताव गत शुक्रबार नै संसदमा दर्ता गराएको थियो । त्यो प्रस्ताव आज पेस हुन् भएको हो ।

विधेयकको चौतर्फी विरोध भएपछि यही असार ३ गते भूमी व्यवस्था मन्त्री पद्मा अर्यालले विवादित गुठी विधेयक फिर्ताको घोषणा गर्नु भएको थियो ।

तर असन्तुष्ट पक्षले आन्दोलनलाई निरन्तरता दिईरहेका छन् । उनीहरुले गुठी विधेयक फिर्ता मात्रै नभई खारेज नै हुनु पर्ने माग गरेका छन् ।

काठमाडौं उपत्यकाका नेवार समुदायको अगुवाईमा भइरहेको आन्दोलनमा सहभागीहरुले सञ्चारमन्त्री गोकुल बास्कोटा, मन्त्रि पद्मा अर्याल तथा गृहमन्त्री रामवहादुर थापा ‘वादल’को राजिनामा माग पनि गरेका छन् ।

Recent Comments

    Avatar

    Next Story