प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनल खेल रद्द हुँदा सुदुरपश्चिम फाइनलमा

  • Tuesday June 25, 2019
  • 715 Views
Radin NRN

कञ्चनपुर । कञ्चनपुरमा जारी प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेल रद्द भएको छ । कभर्डहल क्रिकेट मैदानमा आज वर्षाको कारण भिजेको मैदान नसुक्दा सुदुरपश्चिम प्रदेश र प्रदेश २ बीचको पहिलो सेमिफाइनल खेल रद्द भएको हो ।

हिलाम्मे मैदानको कारण खेल रद्द भएसंगै सुदुरपश्चिम प्रदेश फाइनलमा पुगेको छ । प्रतियोगिताको नियम अनुसार सुदुरपश्चिम समूह विजेताको हैसियतमा फाइनल पुगेको हो ।

सुदुरपश्चिम समूह ‘ए’ को शीर्ष स्थानमा रहदै सेमिफाइनल पुगेको थियो ।महाकाली स्पोर्ट्स सोसाइटीको आयोजनामा जारी प्रतियोगितामा ८ महिला टिमको सहभागिता रहेको छ ।

जसमा सात प्रदेश र एक विभागीय टिम एपीएफको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार पाउने छन् । यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले १५–१५ हजार पाउने आयोजकले जनाएको छ ।

Recent Comments

    Avatar

    Next Story