सुनकोशीमा कार खस्दा एकै परिवारका दुई जनाको मृत्यु

  • Tuesday June 25, 2019
  • 507 Views
Radio NRN

सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा गएराति कार दुर्घटना हुदा एकै परिवारका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चालकसहित दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा काठमाडौं, नयाँबानेश्वरकी ४५ वर्षीया हेमा लामिछाने र ६० वर्षीय अच्युत लामिछाने रहेको प्रहरीले जनाएको छ ।

घाइते भएका कार चालक दिपक लामिछाने र आस्था लामिछानेको स्थानीय अस्पताल रातामाटामा उपचार भइरहेको छ ।

खोटाङको हलेसी महादेव दर्शन गरी काठमाडौं फर्किदै गरेको बा१३च ३७९३ नम्बरको कार गएराति २ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी २०० मिटर खसेको थियो ।

Recent Comments

    Avatar

    Next Story