७ सय ५३ वटै स्थानिय तहद्वारा आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक

  • Tuesday June 25, 2019
  • 741 Views


Radin NRN

काठमाडौं । मुलुकका ७ सय ५३ वटै स्थानिय तहले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि बजेट सार्वजनिक गरेका छन् । असार १० गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आज सबैै स्थानीय तहले बजेट सार्वजनिक गरेका हुन् ।

आज सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाले बजेट प्रस्तुत गरेका छन् । यो स्थानीय तहले सार्वजनिक गरेको दोस्रो बजेट हो ।

स्थानीय तहले केन्द्रीय सरकारले दिएको वित्तीय समान्नीकरण अनुदान, सशर्त अनुदान, समपुर अनुदान, विशेष अनुदान र राजश्व बाँडफाँडबाट आएको आर्थिक सहयोग तथा आफ्नै राजश्वका अनुमानको आधारमा बजेट प्रस्तुत गरेका छन् ।

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ ।

ललितपुर महानगरपालिकाले पाँच अर्ब १७ करोड ९६ लाख रुपैयाँको बजेट सार्वजनिक गर्दा पोखरा महानगरपालिकाले ७ अर्ब ५४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । विराटनगरले ५ अर्ब १२ करोड ९० हजार रुपैयाको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

हेटौंडा उपमहानगरपालिकाले आर्थिक बर्ष २०७६–७७ को लागि १ अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत गर्दा दाङको तुलसीपुर उपमहानगरपालिकाले १ अरव ७१ करोड ८८ लाख ६ हजार रुपैयाको वजेट प्रस्तुत गरेको छ ।

यस्तै बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि दुई अर्व २८ करोड ८५ लाख ५४ हजारको बजेट सार्वजनिक गरेको छ ।

यस्तै कोहलपुर नगरपालिकाले झण्डै ८० करोडको बजेट प्रस्तुत गर्दा खजुरा गाउँपालिकाले ६६ करोड २६ लाख ६५ हजारको बजेट प्रस्तुत गरेको छ । भने खजुरा गाउँपालिकाले ६६ करोड २६ लाख ६५ हजारको बजेट प्रस्तुत गरेको छ ।

यस्तै बाँकेको नरैनापुर गाउँपालिकाले ४३ करोडको बजेट ल्याएको छ । गाउँपालिकाको तेस्रो गाउँसभामा आज (मंगलबार) गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आर्थिक बर्ष २०७६र७७ का लागि ४३ करोड ३४ लाख १ हजारको बजेट प्रस्तुत गर्नुभएको हो ।

उता बाँके डुडुवा गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ को निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आज बसेको ५ औ गाउँसभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले निति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो ।

गाउँपालिकाले बालिका तथा किशोरीलाई उच्च शिक्षा अध्ययन गर्न र शिक्षा आर्जनका लागि सहयोग पुरयाउने उद्देश्यले जन्मिने वित्तिकै शिशु बालिकाको कन्या मुद्दती शिक्षा योजना ल्याएको छ ।

साथै जानकी गाउँपालिकाको जारी पाँचौ गाउँसभामा मंगलबार आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट पेश भएको छ । गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले ५१ करोड ५१ लाख ५१ हजारको बजेट पेश गर्नुभएको छ ।

जसमध्ये चालु खर्चतर्फ ८ करोड ५ लाख ५० हजार, पूँजीगत तर्फ ४३ करोड ५० लाख १ हजार विनियोजित गरिएको छ ।

यस्तै रुकुमको रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रम नगर सभामा प्रस्तुत गरीएको छ । आज नगर प्रमुख विशाल शर्माले आगमी वर्षका योजना सहित नीति तथा कार्यक्रम ८ औ नगर सभामा प्रस्तुत गर्नुभएको होे ।

Recent Comments

    Avatar

    Next Story