एसइईको नतिजा आज प्रकाशित हुँदैनः राष्ट्रिय परीक्षा बोर्ड

  • Wednesday June 26, 2019
  • 962 Views


Radin NRN

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल आज (बुधबार) प्रकाशित नहुने स्पष्ट पारेको छ । नतिजा प्रकाशनका लागि बोर्डको अन्तिम तयारी नपुगेको र यसैसाता भित्र प्रकाशित गरिने बोर्डका सूचना अधिकारी नारायण पोखरेलले जानकारी दिनुभयो ।

गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा केही दिन ढिलागरी नतिजा प्रकाशन गर्न लागिएको बोर्डले जनाएको छ ।

पोखरेलका अनुसार देशभरका उत्तरपुस्तिका परीक्षण सम्पन्न गरेर नम्बर इन्ट्रीको काम पनि अन्तिम चरणमा छ । यस वर्ष गत चैत १० गतेबाट सुरु भएको एसइई परीक्षामा नियमिततर्फ ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् ।

Recent Comments

    Avatar

    Next Story