एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी

  • Wednesday June 26, 2019
  • 949 Views


Radio NRN

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । प्राविधिक त्रुटी नआए आजै नतिजा सार्वजनीक हुने छ ।

२०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिनुभयो।

कार्यालयले आज परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरेको बताउँदै उहाँले कुनै प्राविधिक त्रुटी नभए आज र प्राविधिक त्रुटी आए भोलीसम्ममा नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिनुभएको छ ।

कार्यालयले सार्वजानिक सूचना जारी गर्दै परीक्षाको नतिजा विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ ।

यस वर्षको परीक्षामा देशभरबाट चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए ।

Recent Comments

    Avatar

    Next Story