गलबन्दी विवाद टुंगियोः अग्रजलाई सम्मान गर्न ठूलो छाति देखाएको प्रकाश सपुतको प्रतिक्रिया (अडियोसहित)

  • Wednesday June 26, 2019
  • 2132 Views


Radin NRN

लय नक्कलको आरोप लागेको गलबन्दी गीतको विवाद अन्ततः सहमतिमा टुंगिएको छ । गायक प्रकाश सपुत र शम्भु राईबीचको लय नक्कलको विवाद सहमतिमा टुंगिएको हो ।

सहमति अनुसार गलबन्दी गीतको संगीत सिर्जनामा गायक शम्भु राई र प्रकाश सुपत दुवैको नाम समावेश गरिनेछ भने गीतको सम्पूर्ण आर्थिक अधिकार प्रकाश सुपतमा निहित रहनेछ ।

डिजिटल बजारमा सार्वजनिक भएको छोटो समयमै जनजिब्रोमा झुण्डिन सफल गलबन्दी गीतको लय नक्कलको विवाद अन्ततः सहमतिमा टुंगिएको हो ।
आफूले धेरै पहिले बजारमा ल्याएको देउसीभैलो गीतको लय नक्कल गरेर गलबन्दी गीत तयार पारेको आरोप लगाउँदै गायक सम्भु राइले प्रकाश सपुतविरुद्ध उजुरी गरेका थिए ।

तर आज रजिस्ट्रार कार्यालय कालिकास्थानमा संगीत रोयल्टी समाज, प्रस्तोता समाज नेपाल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, राष्ट्रिय संगीतकर्मी संघ लगायतको उपस्थितिमा राई र सपूतबीच सहमति भएको छ ।

सहमति अनुसार अब ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राई र प्रकाश सपुत दुवैको नाम राखिनेछ । तर गीतको सम्पूर्ण आथिर्क अधिकार गायक प्रकाश सुपतमा निहित रहने भएकोले त्यसमा आफ्नो कुनै दाबी नरहने गायक राइले बताए ।

‘गलबन्दी’ बोलको गीतको हालसम्मको तथा अब उप्रान्त कुनै पनि माध्यमबाट प्राप्त हुने आर्थिक अधिकार, प्रतिलिपी अधिकार, श्रष्टा, उत्पादक तथा प्रस्तोताले पाउने रोयल्टीमा प्रकाश सुपतकै अधिकार रहने सहमति भएको छ ।

यसमा शम्भु राइले कुनै पनि हक दाबी गर्ने छैनन् । नेपाली संगीतलाई जीवन्त पार्न र अहिले समाजमा मच्चिएको नकारात्मक विवादलाई साम्य पार्न आफूले छाती चौडा पारेर सहमति गरेको गायक प्रकाश सपुतको प्रतिक्रिया छ ।

छोटो समयमै दर्शक श्रोताको मन जितेको गलबन्दी गीत अहिले चर्चाको शिखरमा छ । यो गीतलाई अहिलेसम्म युट्युवमा झण्डै एक करोड ६५ लाख पटक हेरिएको छ ।
मन छुने गीत भएर पनि लय नक्कलको विवादमा फसेपछि गायक प्रकाश सपुतसहित निमार्ण पक्षलाई लामो समय तनाव भयो । त्यसैले श्रृजनाको प्रतिलिपि अधिकारका विषयको प्रष्ट कानुन निमार्ण हुन आवश्यक छ ।

Recent Comments

    Avatar

    Next Story