पेट्रोलियम अन्वेषणका लागी काठमाडौं आइपुग्यो चिनियाँ टोली

  • Wednesday June 26, 2019
  • 494 Views
Radin NRN

काठमाडौं । दैलेख र पाल्पा जिल्लामा आगामी शनिबारदेखि पेट्रोलियम अन्वेषणको काम थालिने भएको छ । यसका लागी चिनियाँ विज्ञहरुको टोली अहिले काठमाडौंमा आइसकेको खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सोमनाथ सापकोटाले बताउनुभयो ।

महानिर्देशक सापकोटाका अनुसार टोलीलले पहिलो चरणमा दैलेखबाट काम सुरु गर्ने छ । नेपाल र चीनबीच गएको फेब्रुअरीमा यस विषयमा सहमति भएको थियो । सो सहमतिअनुसा अन्वेषण कार्य आगामी तीन वर्षभित्रमा पूरा हुनेछ ।

जस अनुसार त्यहाँबाट पेट्रोलियम पदार्थ निस्कने अवस्था भयो भने सो सम्बन्धी परियोजनामा चीन सरकारले सहयोग गर्नेछ । दैलेख र पाल्पाका १० स्थानमा पेट्रोलियमको सम्भावना रहेको यसअघिका अध्ययनहरुमा देखिएको थियो ।

तीन वर्षको अवधिमा अन्वेषणको काम पूरा भएपछि सोचे जस्तो भएमा त्यसको प्रयोग थालिने समेत महानिर्देशक सापकोटाको भनाइ छ ।

Recent Comments

    Avatar

    Next Story