विहानै अछाममा ट्याक्टर दुर्घटना : तीन जना विद्यार्थीको मृत्यु

  • Wednesday June 26, 2019
  • 2691 Views


Radio NRN

धनराज साउद  :-  अछामको चौरपाटी गाउँपालिका वडा नं.३ शोकटस्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको विद्यार्थीको मृत्यु भएको छ ।

से १ त ७८३९ नम्वरको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु र चार जना घाईते भएका छन् ।

मृत्यु हुने चौरपाटी गाउँपालिका वडा नं.२ का दशपल्ले माविवाट यस वर्ष एसई परिक्षा दिएको रमेश साउद, दशमल्ले माविमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत कालि साउद रहेको दशपल्ले माविका शिक्षक लोकबहादुर वोगटीले जानकारी दिनुभयो ।

ट्याक्टर चालक भने हाम फालेर ज्यान जोगाएका छन् । अन्य घाईतलाई अस्पताल पठाइएको छ । आज विहान पौने ७ वजे दुर्घटना भएको हाम्रा सहकर्मी धनराज एस डि ले जनाएका छन् ।

ट्याक्टरमा विद्यार्थी चढेका थिए।’सडकको ढुंगामा ठोक्किएर दुर्घटना भएको वताईएको छ ।

Recent Comments

    Avatar

    Next Story