radio icon

Live Radio

राष्ट्रिय सभामा आज छ मन्त्रालयका बजेट र कार्यक्रममाथी छलफल हुने

  • radionrn
  • प्रकाशित मिति : सोमवार, असार १६, २०७६


संघीय संसद अन्तर्गतको राष्ट्रिय सभामा आज विभिन्न मन्त्रालयका लागि छुट्याइएको बजेट र कार्यक्रमका बारेमा छलफल हुने भएको छ ।

विहान ११ बजेपछि बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल अन्तर्गत आज ६ वटा मन्त्रालयका विभिन्न शीर्षकहरुमा विनियोजित बजेटका बारेमा सांसदहरुले धारणा राख्ने भएका हुन् ।

संसद सचिवालयका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, खानेपानी, सञ्चार तथा सूचना प्रविधि , युवा तथा खेलकुद , सहरी विकास र अर्थ मन्त्रालयका योजना तथा बजेटमाथी छलफल हुने भएको हो ।

बैठकमा सांसद अनिता देवकोटाले “विनियोजन विधेयक, २०७६ अन्र्तगत खानेपानी मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने भएको छ ।

संघीय संसदकै प्रतिनिधि सभाको बैठकमा भने बजेट तथा योजनामाथीको छलफल यसअघि नै सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार