radio icon

Live Radio

पैसा कमाउने ठोस योजना ल्याउन निगम नेतृत्वलाई प्रधानमन्त्रीको सुझाव

  • radionrn
  • प्रकाशित मिति : सोमवार, असार १६, २०७६


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा नेपाल वायुसेवा निगमलाई एक पैसा पनि दिन नसकिने बताउनु भएको छ । साथै उहाँले पैसा कमाउने ठोस योजना ल्याउन निगम नेतृत्वलाई आग्रह पनि गर्नुभएको छ ।

वायुसेवा निगमले कर्मचारी सञ्चय कोष लगायतसँग लिएको ऋणको किस्ता तिर्न नसकेर सरकारसँग रकम माग गर्दै आएको छ । निगमको वार्षिक उत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले साग बेच्नेले त कर तिर्न सक्छ भने वायुसेवा निगमले किन सक्दैन? भनि प्रश्न गर्नुभयो ।

सरकारले ऋण तिरिदिने हो भने निगम अर्को वर्ष पनि रकम माग गर्न आउने भन्दै उहाँले यथास्थितिमा पैसा नदिने स्पष्ट पार्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार