radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

लोकसेवाको विज्ञापनसम्बन्धी रिटमाथिको सुनुवाइ हेर्दाहेदैमा

  • radionrn
  • प्रकाशित मिति : सोमवार, असार १६, २०७६


काठमाडौं । स्थानीय तहका रिक्त पदमा कर्मचारी परीपुर्ती गर्न लोकसेवा आयोगले खुलाएको विज्ञापनबारे सर्वोच्च अदालतमा परेका रिटहरूमाथिको सुनुवाइ हेर्दाहेदैमा राखिएको छ । लोक सेवा आयोगको विज्ञापनसम्बन्धी परेका ४ वटा रिटमाथि आईतबार न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ भएपनि बहस जारी रहेकाले ’हेर्दाहेर्दै’मा राखिएको हो ।

अधिवक्ता विकास ठाकुरले लोक सेवाले खोलेको विज्ञापन संविधानको मर्म र समानुपातिक समावेशीअनुसार नरहेकाले रद्द गर्नुपर्ने जिकिरसहित सर्वोच्चमा रिट दायर गर्नुभएको थियो भने सो विज्ञापनसम्बन्धी अन्य ३ वटा रिट पनि परेको छ । ती रिटहरूमाथि छुट्टाछुट्टै सुनुवाइपछि सर्वोच्चले चारैवटा रिटलाई एकसाथ सुनुवाइ गर्ने आदेश दिएको थियो ।

चारमध्ये एक रिटमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई विपक्षी बनाइएको छ । उक्त समितिले विज्ञापन रद्द गर्न लोक सेवा आयोगलाई निर्देशन दिएको थियो । रिटमा राज्य व्यवस्था समितिको उक्त निर्देशन संविधानविपरीत रहेको जिकिर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार