radio icon

Live Radio

बुद्ध एयरले आफूलाई धोका दिएको भन्दै सरकारका प्रवक्ता बास्कोटा आक्रोसित

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, बैशाख ३, २०७६


काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आफूलाई बुद्ध एयरले धोका दिएको आरोप लगाउनुभएको छ ।  बुद्ध एयरले धोका दिएपछि आफू काठमाडौँ जान नपाएर रुपन्देहीमै बास बस्नुपरेको उहाँले बताउनुभयो ।

बारम्बार सम्पर्क गर्दा जहाज डिले भएको जानकारी दिएको बुद्ध एयरले पछि आफूलाई जानकारी नै नदिई उडान भरेको उहाँको आरोप छ ।
आव बिहान प्रेस चौतारीले मणिग्राममा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले यस्तो आरोप लगाउनुभएको हो ।

यता मन्त्री बाँस्कोटालाई नकुरी बुद्ध एयर उडेको भन्ने विषयमा विभिन्न समाचार आएसँगै बुद्ध एयरले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । बुद्धले एक विज्ञप्ती जारी गर्दै विभिन्न सञ्चारमाध्यममा संचारमन्त्री बाँस्कोटाको वैशाख २ गते भैरहवाबाट काठमाडौंको उडान छुटेको समाचार प्रकाशित गरेकोमो आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

मौसममा खराबी आउने सम्भावनालाई मध्यनजर गरेर तुरुन्तै काठमाडौं फर्कन बाध्य भएको बुद्धले आफ्नो विज्ञप्तीमार्फत ध्यानाकर्षण गराएको छ । जहाजको उडान तालिकाबारे मन्त्रीसहितको टोलीलाई समयमै जानकारी गराएको तर उहाँहरुले आउन नसक्ने बताएपछि जहाज समयमै उडेको बुद्ध एयरले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार