radio icon

Live Radio

रुपन्देहीका विभिन्न ठाउँमा शंकास्पद वस्तुु फेला, बन्दको प्रभावले जनजीवन प्रभावित

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, बैशाख ५, २०७६


नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव ५ नम्बर प्रदेशमा पूूर्णरुपमा परेको छ ।

बन्दका कारण बजार खुुलेको छैन । कुुनै पनि यातायातका साधन चलेका छैनन् ।

रुपन्देहीको तिलोत्तमा–१५ कोटिहवा नजिकैको सडकमा शंकास्पद वस्तुु फेला परेको छ । ईलाका प्रहरी कार्यालय बुटवलमा प्रमुुख डीसएसपी डिलबहादुुर मल्लले विस्फोट पदार्थजस्तो देखिने वस्तु देखिएकाले त्यसलाई निष्क्रिय पार्न नेपाली सेनाको टोली त्यसतर्फ गरेको जानकारी दिए ।

बुुटवलको सिर्जनानगरमा ग्यास सिलिण्डरमा आगो लगाएर पड्काएर ठूलो आवाजसहित विस्फोट गराएको मल्लले  जानकारी दिए । रुपन्देहीको कञ्चन गाउँपालिका नजिकै पनि शंकास्पद वस्तुु फेला परेको प्रहरीले जनाएको छ ।

पाल्पाको रिब्दीकोट गाउँपालिकाको कार्यालयमा बम विस्फोट भएको छ । विस्फोटमा कार्यालयमा क्षति पुुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार