radio icon

Live Radio

प्रसिद्ध बिस्का जात्रा सम्पन्न

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, बैशाख ६, २०७६


प्रसिद्ध बिस्का जात्रा सम्पन्न भएको छ । आठ रात नौ दिन सम्म मनाइने प्रसिद्ध बिस्का जात्राको नवौं दिन हिजो दिनभर भक्तपुरका मठ–मन्दिरहरुमा पूजा गरी साँझ भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सम्पन्न भएको हो ।

चैत २७ गते तौमढीबाट भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु भएको जात्रा बिहीबार पुनः भैरवनाथ र भद्रकालीको रथ तानेर सम्पन्न गरिएको हो । साथै भैरवनाथको रथमा खड्ग, तरवार, निशान राखी सकेपछि रथ तान्न सुरु हुन्छ ।

नयाँ वर्षको चार दिन अघिदेखि तान्त्रिक विधिपूर्वक प्रारम्भ गरी वैशाख ५ गते रथ तानेर जात्रा सम्पन्न गर्ने परम्परा छ ।

रथलाई तानी राति १२ बजे भित्र तौमढी र्पुयाई रथबाट भैरनाथ देवतालाई झिकेर मन्दिरमा बिराजमान गराएपछि जात्रा सम्पन्न भएको गुठी संस्थान कार्यालय भक्तपुर प्रमुख हरिप्रसाद सुवेदीले बताउनुभयो । बिस्का जात्रा लिच्छविकाल देखि मनाइँदै आएको छ ।

भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन गएराति भैरवको रथ तान्ने क्रममा ढुंगा हानाहान हुँदा ९ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार