radio icon

Live Radio

लोकतन्त्रलाई ओली सरकारबाटै खतरा छ : गगन थापा

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, बैशाख १०, २०७६


नेपाली काँग्रेसका प्रभावशाली नेता गगन कुमार थापाले सरकारबाटै दलीय व्यवस्था र लोकतन्त्रप्रति खतरा रहेको टिप्पणी गर्नुभएको छ ।

सरकारको एक बर्षे अवधिका क्रियाकलापले दल र लोकतन्त्रप्रति वितृष्णा बढाएकाले सरकार नै राजतन्त्र फर्काउने आधार बनाउन उद्धत रहेको आरोप लगाउनु भयो ।

काँग्रेसले राजतन्त्र फर्काउने प्रयास गर्यो भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको आरोपको खण्डन गर्दै काँग्रेस नेता थापाले आफुलाई लाग्ने आरोप अरुलाई देखाएर ओली चोखिन खोजेको टिप्पणी गर्नुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा कुराकानी गर्दै थापाले सहकार्य र सम्झौता गर्नुपर्ने दलहरुलाई वेवास्ता गर्दै सरकारले राजतन्त्र फर्काउनु पर्छ भन्नेसँग सहकार्य गर्न खोजेको भन्दै सरकारको भूमिका नै प्रतिगामी र शंकासपद भएको आरोप लगाउनुभयो ।

नेता थापाले ओलीले विधिसम्मत सरकार नचलाएझै आफ्नो पार्टी सभापति शेरबहादुर देउवाले पनि विधिसम्मत पार्टी नचलाएको टिप्पणी समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार