radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

राष्ट्रपति भण्डारीले आज संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, बैशाख २०, २०७६


सरकारले आगामी आर्थिक बर्षमा लागु गर्ने नीति तथा कार्यक्रमलाई आज संघीय संसदमा पेश गर्न लागिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्नुहुने भएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुतीका लागि दिउसो चार बजे संघीय संसदको संयुक्त बैठक बोलाइएको छ । राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उहाँलाई धन्यवाद दिन आजै प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक छुट्टा छुट्टै बोलाइएको छ । धन्यवाद प्रस्ताव परित गर्न साढे पाँच बजे राष्ट्रिय सभाको बैठक र ६ बजे प्रतिनिधि सभाको बैटक बोलाइएको संसद सचिवालयले जनाएको छ ।

सरकारले बनाउने नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिएर अर्थमन्त्री डा युवराज खतिवडा तीन दिन अगाडी एक कार्यक्रममा सहभागी हुन फिजि जानुभएको छ । सरकारको तर्फबाट राष्ट्रपतिले संसदमा पेश गर्ने नीति तथा कार्यक्रमकै आधारमा सरकारको बार्षिक बजेट बनाउने गरिन्छ ।

संवैधानिक व्यवस्था अनुसार आगामी आर्थिक बर्षको बजेट आगामी जेठ १५ गते पेस गर्ने सरकारले तयारी गरेको छ । बजेट पूर्वको छलफलअघि नै नीति तथा कार्यक्रम ल्याइन लागेको भन्दै प्रमुख विपक्षी दल नेपाली काँग्रेसले भने असन्तुष्टि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार