radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

संसदको दुवै सदनमा आज पनि नीति तथा कार्यक्रममा छलफल हुने

  • radionrn
  • प्रकाशित मिति : सोमवार, बैशाख २३, २०७६


नीति तथा कार्यक्रम माथी छलफल गर्न संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक आज छुट्टा छुट्टै बस्ने भएको छ । प्रतिनिधि सभाको बैठक विहान ११ बजेपछि बस्ने तय भएको छ भने राष्ट्रिय सभाको बैठक दिउसो एक बजेपछि बस्ने तय भएको छ ।

यससअघि गत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नु भएको सरकारको नीति तथा कार्यक्रममाथी प्रतिनिधि सभामा हिजोदेखि छलफल सुरु भएको छ । राष्ट्रिय सभामा भने आजदेखि छलफल हुने भएको छ ।

हिजोको छलफलमा काँग्रेस, राजपालगायतका विपक्षी दलहरुले नीति तथा कार्यक्रमप्रति चर्को आलोचना गरेका थिए भने सत्तारुढ दलकै सांसदहरुले पनि असन्तुष्टी जनाएका थिए ।

प्रमुख सत्तारुढ दल नेकपाले नीति तथा कार्यक्रममाथीको छलफलमा भाग नलिन आफ्ना सांसदहरुलाई निर्देशन दिएपनि केही सांसदहरुले जवरजस्त सहभागी भएका थिए ।
नेकपाको संसदीय दलले मतदानको बेला नीति तथा कार्यक्रमको पक्षमा मतदान मात्रै गर्न र छलफलमा भाग नलिन निर्देशन दिएको थियो ।

पार्टीले नीति तथा कार्यक्रममा पूर्ण रुपमा सहमती जनाउन र छलफलमा भाग नलिन निर्देशन दिएपनि कतिपय सांसदले भने नीति तथा कार्यक्रमको कतिपय शब्दावली, नियत र तथ्यांकहरुमा समेत त्रुटि भएकाले त्यसलाई सच्याउन माग गरेका छन् ।

राष्ट्रपतिबाट ‘मेरो सरकार’ भनी नीति तथा कार्यक्रममा भएको सम्बोधन र केही तथ्यांकबारे सरकारका तर्फबाट स्पष्ट पार्नुपर्ने र छलफलका लागि समय दिनुपर्ने माग सांसदहरुको थियो ।

नीति तथा कार्यक्रममाथीको छलफल भोलीसम्म चल्ने जनाइएको छ । नीति तथा कार्यक्रममाथी विभिन्न दलका सांसदहरुले संशोधन प्रस्ताव पनि दर्ता गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार