radio icon

Live Radio

मेगा बैंकले पनि बढायो १३१ प्रतिशत नाफा

  • radionrn
  • प्रकाशित मिति : बुधबार, बैशाख २५, २०७६


काठमाडौं। मेगा बैंक नेपालले चालू आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासिक अवधिसम्म १ अर्ब २१ करोड ४३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

दोस्रो त्रैमाससम्म ७३ करोड २० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले तेस्रो त्रैमासिक अवधिमा थप ४८ करोड २२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७४/७५ को चैत मसान्तसम्म ५२ करोड ४९ लाख रुपैयाँ मुनाफा गरेको बैंकले यस आर्थिक वर्षको सोही अवधिमा १३१ प्रतिशतले अधिक मुनाफा गर्न सफल भएको छ ।

२०७५ चैत मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कुल निक्षेप ३२ अर्ब २१ करोडले वृद्धि भई ७५ अर्ब २१ करोड रुपैयाँ  पुगेको छ । जुन ७४ दशमलव ८८ प्रतिशतको वृद्धि हो । त्यसैगरी, खुद कर्जा तथा सापटी २८ अर्ब ७१ करोडले वृद्धि भई ७० अर्ब रुपैयाँ कायम भएको छ जुन ६९ दशमलव ५४ प्रतिशतको वृद्धि हो ।

मेगा बैंकले देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ९६ वटा एटीएम सञ्जाल, ११९ वटा शाखारहित बैंकिङ केन्द्रहरु र २४ सयभन्दा बढी मेगा रेमिट एजेन्टमार्फत  बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार