radio icon

Live Radio

देवः विकास बैंकको नयाँ शाखा भुरीगाउँमा

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, बैशाख २६, २०७६


काठमाडौं । देवः विकास बैंकले बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका, वडा नं ०१ स्थित भुरीगाउँ बजारमा नयाँ शाखा विस्तार गरेको छ । जन सेवालाई अझै प्रभाबकारी बनाउन उक्त बैंकले नयाँ शाखा विस्तार गरिएको हो ।

भुरीगाउँ शाखा कार्यालयको बैशाख २५ गते आयोजित एक समारोह बीच शाखा कार्यालयको ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठले उदघाटन गर्नु भएको थियो । बैंकका संचालक समितिका अध्यक्ष अवकास प्राप्त उपरथी बज्र गुरुङ्गको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठले जनताहरुको घरघरमा बैंकिङ्ग सेवा पु¥याउन सकेमात्र समृद्ध नेपाल बनाउन सकिने बताउनु भयो ।

उपरोक्त कार्यक्रममा स्वागत मन्तव्य दिनु हुँदै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान प्रतिवद्धता जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार