radio icon

Live Radio

युनाइटेड मोदी हाइड्रोपावरको नाफा ५ करोड ८५ लाख

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, बैशाख २६, २०७६


काठमाडौं। चालू आव २०७५/०७६ को तेस्रो त्रैमासमा युनाइटेड मोदी हाइड्रोपावरले रू. ५ करोड ८५ लाख नाफा कमाएको छ । कम्पनीले गत आवको सोही अवधिमा रू. ५ करोड ६४ लाख नाफा कमाएको थियो ।

नाफा गत आवको सोही अवधिको तुलनामा ३ दशमलव ६९ प्रतिशत वृद्धि भएको छ । तेस्रो त्रैमाससम्म कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड पुगेको छ ।

साथै, कम्पनीको जगेडा कोषमा रू. ७ करोड २२ लाख रहेको छ । कम्पनीले सो अवधिमा विद्युत विक्रीबाट रू. २३ करोड ५ लाख आम्दानी गरेको छ । कम्पनीको प्रति शेयर आम्दानी रू. ५ दशमलव ०९ रहेको छ । प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव २९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार