radio icon

Live Radio

केही समय भित्रै मेलम्चीको पानी काठमाडौं ल्याएरै छाड्ने नेकपा अध्यक्ष प्रचण्डको दाबी

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, बैशाख २७, २०७६


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जस्तोसुकै अप्रेसन गरेर भए पनि मेलम्चीको पानी केही समयमै काठमाडौं ल्याइने दाबी गर्नु भएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी सङ्गठनको प्रथम केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै दाहालले मेलम्चीको पानी काठमाडौं ल्याइने दाबी गर्नु भएको हो ।
अध्यक्ष प्रचण्डले मेलम्चीको खानेपानी चाँडै काठमाडौं ल्याउन कूनै ठुलो कुरा नभएकाले काठमाडौं ल्याउनका लागि कस्तो अप्रेसन गर्नुपर्छ सरकारले गर्ने दावी गर्नुभयो ।
विश्वका धेरे देशमा पानी निर्यात गर्नसक्ने क्षमता नेपालसँग रहेको बताउदै उहाले नेपालको सगरमाथा लगायत हिमालको पानी विश्व बजारमा निर्यात गर्न सकिने बताउनु भयो ।
उहाले याङ्ग्री र लार्के नदीबाट थप दैनिक ३४ करोड लिटर खानेपानी काठमाडौं ल्याउने थप काम चाँडै अगाडि बढाइने पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार