radio icon

Live Radio

पश्‍चिम तराईमा ‘लु’, जनजीवन प्रभावित

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, बैशाख २७, २०७६


काठमाडौं । नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने नेपालगञ्जलगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम र तातो हावा (लु) चलेको छ ।
‘लु’का कारण त्यहाँको जनजीवनमा असर परेको छ । मौसम विज्ञान विभागको नेपालगञ्ज शाखा कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम बिहीबार ४३ डिग्री सेल्सियस अभिलेख भएको छ ।
गर्मी याम शुरु भएयता पानी नपरेपछि चर्को घामका साथै ‘लु’ चल्न थालेको हो । उक्त कार्यालयकाअनुसार नेपालगञ्जको न्यूनतम ४३ र अधिकतम ३७ तापक्रम डिग्री सेल्सियस आसपास रहेको छ ।
यस वर्षको सबैभन्दा बढी तापक्रम बिहीबार ४३ डिग्री सेल्सियस अभिलेख भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार