radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

क्याम्पसको जग खन्ने क्रममा जमिनमुनि सुनचाँदी भेटियो

  • radionrn
  • प्रकाशित मिति : शनिबार, बैशाख २८, २०७६


क्याम्पस भवनका लागि जग खन्ने क्रममा जमिनमुनिबाट सुनचाँदी फेला परेको अछाम साँफेबगर नगरपालिका–२ श्रीकोटमा थप सुनचाँदी भेटिएको छ ।

यसअघि भवनको जग खन्ने क्रममा यही वैशाख २० गते १९ तोला ८९ लाल सुन र १३२ तोला ७३ लाल चाँदी फेला परेकामा हिजो थप २५ तोला सुन र ३० तोला चाँदी फेला परेको हो ।

भवनको जग खन्ने क्रममा सुन भेटाएका मजदूरमा भागबण्डा नमिलेपछि कुरा बाहिर आएको थियो भने उनीहरूको साथमा रहेको सुन प्रहरीको संरक्षणमा राखिएको छ । सात मजदुरलाई नियन्त्रणमा लिएर थप सोधखोज गर्दा पछिल्ला दिनहरूमा थप सुन फेला पर्दै गएको थियो ।

क्याम्पस भवन निर्माणस्थललाई प्रहरीले निगरानीमा राखेर जमिनमुनि अझै पनि जमीनमुनि सुन रहेको आशङ्कामा माटो चाल्ने क्रममा थप सुन फेला परेको वडा नं २ का अध्यक्ष कालु सिंह कुँवरले जानकारी दिनुभयो । जमिनमुनिबाट हालसम्म १०५ तोला सुन र ४०० तोला चाँदी फेला परेको वडाध्यक्ष कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार