radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

लिबियामा आप्रवासी सवार डुंगा भू मध्ये सागरमा पल्टिँदा कम्तिमा ६५ जनाको मृत्यु

  • radionrn
  • प्रकाशित मिति : शनिबार, बैशाख २८, २०७६


आप्रवासी सवार डुंगा भूमध्य सागरमा पल्टिँदा कम्तिमा ६५ जनाको ज्यान गएको छ ।  ट्युनिसियाको तटीय क्षेत्र नजिक आप्रवासी सवार डुंगा पल्टिएको संयुक्त राष्ट्रसंघीय शरर्णाथी नियोगले जनाएको छ ।

युएनएचसिआरका अनुसार १६ जनाको सकुशल उद्धार भएको छ । बाँच्न सफल भएकाहरुका अनुसार डुंगा बिहीबार लिबियाको जुवाराबाट छुटेको थियो र शक्तिशाली छाल आएका कारण अनियन्त्रित भएर डुंगा पल्टिएको हो ।

युरोप प्रवेश गर्ने लक्ष्यसहित आप्रवासीहरु डुंगामा सवार थिए । सन् २०१९ को पहिलो चार महिनामा लिबिया हुँदै युरोप पुग्ने मार्गमा यस्तै प्रकारको दुर्घटनाका कारण झण्डै १६४ जनाको ज्यान गइसकेको युएनएचसिआरको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार