radio icon

Live Radio

आईपीएल खेल्न भारतमा रहेका सन्दीप लामिछाने भोली नेपाल आउने

  • radionrn
  • प्रकाशित मिति : शनिबार, बैशाख २८, २०७६


आईपीएल क्रिकेट खेल्न भारतमा रहेका नेपाली युवा खेलाडी सन्दीप लामिछाने आइतबार नेपाल आउने भएका छन् ।
भारतमा जारी आईपीएलको दोस्रो क्वालिफायरमा उनको टिम दिल्ली क्यापिटल्स चेन्नाई सुपरकिंग्ससँग पराजित भएसँगै सन्दीपको पनि आईपीएल यात्रा टुंगिएको थियो ।

गत सिजनमा आईपीएलमा डेब्यू गरेको सन्दीपले यस पटक चाँडै नै मौका पाएका थिए । २०१८ को आईपीएलमा अन्तिमका तीन खेल खेलका सन्दीपले यस पटक सुरुको तेस्रो खेलमै टिममा स्थान बनाएका थिए । यस पटक उनले समग्रमा ६ खेलमा प्लेयिङ सेटमा स्थान बनाउँदा ८ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार