radio icon

Live Radio

धनगढीमा मिडिया कप फुटसल प्रतियोगिता जेठको पहिलो साता आयोजना हुने

  • radionrn
  • प्रकाशित मिति : शनिबार, बैशाख २८, २०७६


धनगढीमा मिडिया कप फुटसल प्रतियोगिता जेठको पहिलो साता आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीको आयोजनामा प्रतियोगिता जेठ ४ गतेदेखि ६ गतेसम्म हुने भएको हो ।

आयोजकले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेताले नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र तथा उपविजेताले नगद ७ हजार सहित नगद ट्रफी र प्रमाण पत्र पाउने जानकारी गराएको छ ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक र सर्वा्धिक गोलकर्ताले समान १हजार नगद प्राप्त गर्नेछन् फुटसलमा कैलालीका विभिन्न सञ्चार माध्यमका टीमहरुले सहभागीता जनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार