radio icon

Live Radio

संचार सम्वन्धी तीन विधयकको विरुद्धमा पत्रकारहरु आजदेखि आन्दोलनमा

  • radionrn
  • प्रकाशित मिति : आइतवार, बैशाख २९, २०७६


सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल बिधेयक, बिज्ञापन सम्बन्धि बिधेयक र सूचना प्रबिधी बिधेयक फिर्ता लिन माग गर्दै नेपाल पत्रकार महासङ्घले आजदेखि संघर्षका कार्यक्रमहरु शुरु गरेको छ ।

विधेयकहरुमा प्रेस स्वतन्त्रता संकुचित गर्ने व्यवस्थाहरु प्रस्ताव गरिएकाले त्यसलाई सच्याउन माग गर्दै आन्दोलन शुरु भएको पत्रकार महासंघका सचिव रामप्रसाद दाहालले जानकारी दिनुभयो ।

आन्दोलनको पहिलो चरण अन्तर्गत आज पहिलो दिन महासंघका पूर्व पदाधिकारी, संचारमाध्यमका सम्पादक, कानूनविद् र विज्ञहरुसँग महासंघले छलफल गर्न लागेको छ । छलफल दिउँसो २ बजे महासङ्घको केन्द्रिय कार्यालय संचारग्राममा हुने तय भएको दाहालले बताउनु भयो ।

महासंघले भोली प्रनिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाउने भएको छ भने पर्सी अर्थात् बैशाख ३१ गते संसदका सम्वन्धित समितिका सभापति र सदस्यहरुसँग छलफल गर्ने भएको छ । त्यसैगरी जेठ १ गते कार्यक्षेत्रमा कालोपट्टी लगाएर काम गर्ने लगायतकाआन्दोलनका कार्यक्रम महासंघले तय गरेको छ ।

प्रेस काउन्सील सम्वन्धी नयाँ विधेयकमा पत्रकारलाई समाचार लेखेकै कारण एक करोड सम्म जरिवाना हुने र १५ बर्ष सम्म जेल सजाय हुनेलगायतका व्यवस्था रहेकाले सरकार र विधेयकको सर्वत्र विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार