radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

भारतमा छैठौँ चरणको निर्वाचनमा सात राज्यका ५९ सिटका लागि मतदान जारी

  • radionrn
  • प्रकाशित मिति : आइतवार, बैशाख २९, २०७६


भारतमा जारी लोक सभा निर्वाचन अन्तर्गत आज छैठौं चरणको निर्वाचनमा मतदान जारी छ । छैठौं चरणको निर्वाचनमा सात राज्यका ५९ सिटका लागि मतदान भइरहेको छ।

आज बिहारमा ८, हरियाणामा १०, मध्यप्रदेशमा ८, उत्तर प्रदेशमा १४, बंगालमा आठ, झारखण्डमा ४ र दिल्लीमा सात सिट गरी जम्मा ५९ सिटका लागि निर्वाचन भइरहेको हो।

अहिलेसम्म बिहारमा २६ प्रतिशत, हरियाणामा ३४ प्रतिशत, मध्यप्रदेशमा ३७ प्रतिशत, उत्तरप्रदेशमा ३१ प्रतिशत, बंगालमा ४३ प्रतिशत, झारखण्डमा ४५ प्रतिशत र दिल्लीमा २२ प्रतिशत मतदान भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार