radio icon

Live Radio

पर्वतमा दुधको शुद्धता नाप्ने उपकरण ल्याक्टोमिटरको अभाव

  • radionrn
  • प्रकाशित मिति : आइतवार, बैशाख २९, २०७६


साजन परियार, पर्वत
पर्वतमा दुधको गुणस्तर नाप्ने आवश्यक प्रविधि नभएपछि जिल्लाका उपभोक्ताहरु जाँच नभएको दुध उपभोग गर्न बाध्य भएका छन् । जिल्ला सदरमुकाम कुश्मामा रहेका डेरीले बिक्री गर्ने दुधको फ्याट र ल्याक्टोको कहिलेकाहीँ जाँच गरिने भएतापनि त्यसको गुणस्तर नाप्ने प्रविधिको अभाव छ ।

जिल्लाको ग्रामीण क्षेत्रका कृषकहरुले सहकारीमार्फत ल्याएको दुध सदरमुकाममा बिक्री गरिँदै आईएको छ । तर, दुधको गुणस्तर कस्तो छ भन्नेबारे उपभोक्ताहरु बेखबर रहेका छन् । दुधको गुणस्तर नाप्ने मिल्क एनलाईजर नभएका कारण गुणस्तर नाप्न नसकिएको कुश्मा नगरपालिका पशु सेवा संयोजक रामजीप्रसाद पौडेलले बताउनुभयो ।

दुधको पूर्ण गुणस्तर नाप गर्नका लागि भैरहवामा रहेको खाद्य ल्याबमा लगिनुपर्ने र त्यो सम्भव नभएको पनि उहाँले बताउनुभयो । जिल्लामा सामान्य भेटेरीनरि प्राविधिकले मात्रा र फ्याट तथा सोलिड नट फ्याट (एसएनएफ) मात्र चेक गर्ने गरेको उनले बताउनुभयो ।

बजारमा बिक्री गरिने दुधमा फ्याट ३ देखि ५ प्रतिशत र ८ प्रतिशत एसएनएफ को लेबल लगाईएको दुध बिक्री हुने गरेको उहाँले बताउनुभयो । बजारमा बिक्री गरिने दुधमा नै फ्याट उल्लेख गरिने र रातो तथा नीलो रंगको प्याकेटमा दुधको बिक्री हुने उहाँले बताउनुभयो ।अर्कोतर्फ, जिल्लामा बिक्री गरिने दुधको मूल्य पनि दुग्ध विकास संस्थानले तोकेको मूल्य भन्दा फरक रहेको छ । संस्थानले सबै जिल्लामा दुधको माग धान्न नसकेका कारण मूल्य फरकफरक भएको कुश्मा नगरपालिका पशु सेवा संयोजक पौडेलले भनाई छ ।

दुग्ध विकास संस्थानले हालै बढाएको मूल्य भन्दा अगाडि नै पर्वतमा नीलो र रातो प्याकेटको दुधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम भईसकेको थियो ।पर्वत जिल्ला दुधमा आत्मनिर्भर रहेको कार्यालयले दाबी गरेतापनि त्यसको गुणस्तर बारे भने कार्यालय पनि अनभिज्ञ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार