radio icon

Live Radio

पर्यटकीय स्थल टोड्केमा तिन करोडको लागतमा रिसोर्ट सञ्चालन

  • radionrn
  • प्रकाशित मिति : आइतवार, बैशाख २९, २०७६


राकेश शर्मा,म्याग्दी
म्याग्दीको रघुगंगा र मंगला गाउँपालिकाको सिमा क्षेत्रमा अवस्थित पर्यटकीय स्थल टोड्केमा तिन करोडको लागतमा रिसोर्ट निर्माण गरिएको छ । टोड्के हिल रिसोर्ट प्रा.लीले पर्यटकहरुको सुविद्यालाई मध्यनजर गर्दै उक्त रिर्सोट निर्माण गरेको हो ।

सुर्योदय, हिमशृङखला, गुराँसे जंगल, पहाडी भूगोलको अवलोकन गर्न टोड्केमा आउने पर्यटकलाई खानेबस्ने सुविधाका लागि रिसोर्ट सञ्चालन गरिएको प्रालिका अध्यक्ष मिम पाइजाले बताउनुभयो । तीन वटा घर रहेको टोड्केमा यसअघि होटल तथा लजको सुविधा नहुँदा पाहुनाहरुलाई समस्या भएको थियो ।

गुराँसे जंगलको बिचमा पुर्व फर्किएको भिरालो पाखोमा समुन्द्री सतहदेखि दुई हजार ३४० मिटर उचाइमा रहेको रिसोर्टका सबै कोठाबाट धौलागिरि, अन्नपूर्ण, निलगिरि, गुर्जा, माछापुच्छ्रे लगायत १६ वटा हिमाल हेर्न सकिन्छ । झिँ, पुर्णगाउँ, डडुवाका ९ जना संस्थापकले स्थापना गरेको टोड्के हिल रिसोर्टमा हालसम्म करिब तेत्तीस जनाले ३ करोड सेयर लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार