radio icon

Live Radio

दुवै सदनको बैठक एकैचोटी

  • radionrn
  • प्रकाशित मिति : सोमवार, बैशाख ३०, २०७६


संघीय संसदका दुवै सदनको बैठकमा आज एकैचोटी पुर्वबजेट छलफल हुने भएको छ । छलफलका लागि दुवै सदनको बैठक विहान ११ बजेपछि बोलाइएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले पेश गरेको आगामी आर्थिक बर्षको बार्षिक बजेटका सिद्धान्त र प्राथमिकतामाथि सांसदहरुले सुझाव तथा धारणा राख्नुहुने भएको हो । हरेक वर्षको जेठ १५ गते सरकारले विनियोजन विधेयक संसद्मा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसको १५ दिन अगावै बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्तावबाहेकमा सदनमा छलफल भइसक्नु पर्ने व्यवस्था रहेकोले आज पुर्व बजेट छलफल भइरहेको छ।

अहिले सम्म छलफलमा सहभागी मध्ये विपक्षी सवै सांसदहरुले अर्थमन्त्रीले पेश गरेको प्रस्तावमा नकारात्मक टिप्पणी गरेका छन् भने सत्तापक्षका अधिकांश सांसदहरुले बचाउन गर्दै प्रस्तावको प्रशंसा गरेका छन् । तर सत्ता पक्षकै कतिपय सांसदहरुले भने अर्थमन्त्रीले पेश गरेको सिद्धान्त तथा प्राथमिकताप्रति असहमती जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार