radio icon

Live Radio

प्रम ओली कम्बोडिया प्रस्थान : भियतनाम भ्रमण फलदायी रहेको प्रतिकृया

  • radionrn
  • प्रकाशित मिति : सोमवार, बैशाख ३०, २०७६


प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पाँचदिने भियतनाम भ्रमण सकी आज बिहान कम्बोडियाका लागि प्रस्थान गर्नुभएको छ ।

भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ यही वैशाख २६ गते भियतनाम जानु भएको थियो । प्रधानमन्त्रीका साथ उहाँका नेपाली प्रतिनिधिमण्डल पनि रहेको छ ।

यसैविच प्रधानमन्त्री ओलीले आफ्नो भियतनाम भ्रमण अत्यन्तै सफल भएको बताउनुभएको छ । पाँचदिने भियतनाम भ्रमण सकी आज बिहान कम्बोडियाका लागि प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमण फलदायी रहेको बताउनुभएको हो ।

भ्रमणका बेला दुई पक्षीय महत्वपूर्ण सम्झौताहरु भएको र त्यो सम्झौता छिट्टै कार्यान्वयनमा आउने उहाँले बताउनुभयो । सम्झौता कार्यान्वनका लागि परराष्ट्र सचिवस्तरको संयन्त्र बनेको र यसले आजबाटै काम सुरु गरेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार