radio icon

Live Radio

नवलपरासी: सरावल गाउँपालिकामा बाँदरको आतंक, स्थानीवासी चिन्तित

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, बैशाख ३१, २०७६


संजीव कोईराला, नवलपरासी ।  सरावल गाउँपालिकामा केही वर्षदेखि बाँदरले आतङ्क मच्चाएको छ । सरावल गाउँपालिका वडा नं.३ सरावलमा बाँदरले आतङ्क मच्चाएको स्थानीवासीले बताएका छन् ।

बाँदरका कारण स्थानीयवासी आतङ्कित बनेका समाजसेवी बिनोद पाण्डेले बताउनुभएको छ ।बाँदरको आतङ्ककै कारण स्थानीय बासिन्दा खेतमा लगाएको बालीनाली र रुखका फलफुल मात्रै होइन घरमा पकाएको खाना र बजारबाट किनेर ल्याएका सामान समेत बाँदरले लान थालेपछि स्थानीय बासिन्दा त्रसित छन् ।

बाँदरले स्थानीय बासिन्दालाई सहनै नसकिने गरी दुःख दिन थालेपछि करेसाबारी तथा तरकारी खेती गर्न गार्‍हो भएको कृषक राजेन्द्र बिकले बताउनुभएको छ ।

यहाँका स्थानीयले बाँदरका कारण खेत बाँझै छाडेका छन् । खेतमा लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि विगत सात आठ वर्षदेखि करेसाबारी तथा तरकारी खेती नगरी बाँझै छाडिएको छ ।

बाँदरले खेतमा लगाएको बालीनालीदेखि गाउँपालिका कोठाको झ्यालको सिसा फुटाल्ने ,छतमाथि बसिरहने तथा स्थानीय बासिन्दाको घरको छतमा गएर समान हल्लाउने बिगार्ने गरेको सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताउनुभयो ।

खेतमा लगाएको बालीनाली मात्रै नभएर फलफुल तथा सुकाएको समान लग्ने गरेको स्थानीबासी बेचइ दुसादले बताउनुभयो । वहाँको भनाइ अनुसार केही समान सुकाउदा या तरकारी खेती गर्दा‘घरको एकजना मान्छे दिनभरि बाँदरका लागि कुरुवा बस्नुपरेको छ ।’

यो मौसममा हजारौंको आप लिच्चि फल्ने यी क्षेत्रमा अहिले आप लिच्चि पाउन गार्‍हो भएको स्थानीयवासीले बताएका छन् ।बाँदर आतङ्क रोक्न गाउँपालिका तथा वडा नं. ३ ले खासै पहल नगरेको स्थानीय बासिन्दा बताए । सरावल वडा नं. ३ सरावलमा बाँदर आतङ्कलाई पहिलो प्रकोपको रूपमा लिइएको छ ।

लगभग २५र३० को संख्यामा रहेको बाँदरहरु महिलाबाट नडराउने झम्टन खोज्ने र कसै कसैलाई पिट्ने पनि गरेको र गुलेलि तथा पटाकाबाट मात्र डराउने गरेको स्थानीय बासि रेशमा बिक ले बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार