radio icon

Live Radio

विवादित विधेयक बारे काँग्रेस सांसदहरुको छलफल

  • radionrn
  • प्रकाशित मिति : बुधबार, जेष्ठ १, २०७६


विवादमा परेका विधेयकहरुका बारेमा नेपाली काँग्रेसका सांसदहरुले अहिले छलफल गर्न लागेका छन् । संसदीय दलको कार्यालय सिंहदरबारमा अहिले नौ बजेपछि बस्न लागेको संसदीय दलको बैठकमा काँग्रेस सांसदहरुले विवादित विधेयकहरुका बारेमा छलफल गर्न लागेका हुन् ।

उनीहरुले संविधानविपरीतका प्रावधान समेटिएका विधेयक फिर्ता गराउन सरकारलाई दवाव दिने र त्यसका विरुद्धमा कसरी उत्रिने भन्ने बारेमा पनि छलफल गर्ने भएका छन् ।

मिडिया काउन्सिल विधेयक, विज्ञापन सम्वन्धी विधेयक, मानवअधिकार आयोग विधेयक, राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकलगायतका विधेयकहरुको विषयमा विभिन्न क्षेत्रबाट चर्को विरोध भइरहेकाले त्यसविरुद्ध उत्रिने काँग्रेसको तयारी छ ।

कतिपय विधेयकहरु अधिनायकवादी सोँचका साथ ल्याइएकाले त्यसलाई फिर्ता गराउन सदनमा खेल्ने भूमीकाका बारेमा छलफल गर्न बैठक बस्न लागेको काँग्रेस सांसद डा डिला संग्रौलाले जानकारी दिनुभयो ।

जागरण अभियानमार्फत सरकारका असंवैधानिक कामकारबाहीको विरोध गर्दै आएको कांग्रेसले सदनलाई पनि थप तताउने तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार