radio icon

Live Radio

तत्काल विधेयक फिर्ता लिन कांग्रेसको माग, नभएर आन्दोलन चर्काउने चेतावनी

  • radionrn
  • प्रकाशित मिति : बुधबार, जेष्ठ १, २०७६


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सदनमा प्रस्तुत गरेका ३ वटा विवादास्पद विधेयक फिर्ता नलिए सदन अवरुद्ध गर्न बाध्य हुने बताएको छ । आज बसेको कांग्रेस संसदीय दलको बैठकले प्रस्तुत विधेयकविरुद्ध जेठ ६ गतेदेखि सशक्त आन्दोलन गर्ने निर्णय गरेको हो ।

प्रमुख सचेतक बालकृष्ण खाणले नेपालको संविधानको प्रतिकूल हुने गरी राष्ट्रिय सुरक्षा परिषद् र नेपाली सेनालाई पन्छाएर प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन गर्न खोजेको आरोप लगाउनुभयो ।

संविधान प्रतिकूल हुनेगरी ल्याइएका मिडिया, मानव अधिकार र राष्ट्रिय सुरक्षासँग सम्बन्धित तीन वटै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । संविधानको प्रस्तावना र भावना प्रतिकूल हुनेगरी आएका ती विधेयकहरु तत्काल फिर्ता लिन सरकारसँग माग गर्ने निर्णय गरिएको पार्टीका प्रमुख सचेतक खाँणले जानकारी दिनुभयो ।

कांग्रेस संसदीय दलले नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले संविधानको प्रावधान र भावनालाई ठेस र्पुयाउने र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार