radio icon

Live Radio

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै,त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान र अवतरण ठप्प हुने

  • radionrn
  • प्रकाशित मिति : बुधबार, जेष्ठ १, २०७६


प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको साताव्यापी भ्रमण सकाएर आज साँझ स्वदेश फिर्ता हुन लाग्नुभएको छ । प्रधानमन्त्री ओलीसहितको भ्रमण टोली साँझ ७ बजेर ५ मिनेटमा नेपाल एयरलाइन्सको ’एयरबस(३२०’ मार्फत नेपाल आउन लाग्नुभएको हो ।

बैसाख २६ मा नेपाल एयरलाइन्सको चार्टर्ड उडानमार्फत भियतनाम गएका प्रधामन्त्री सोमबार मात्रै भियतनामबाट कम्बोडिया पुग्नुभएको थियो ।  प्रधानमन्त्रीको स्वदेश फिर्तासँगै देशको हवाई क्षेत्रपनि प्रभावित हुने भएको छ ।

प्रधानमन्त्रको स्वदेश फिर्ता हुने समय भन्दा १५ मिनेट अगाडि नै सबै उडान तथा अवतरण बन्द हुने विमानस्थल कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीसहितको विमान अवतरणलाई लिएर ३० मिनेट आन्तरिक तथा अन्तर्रा्ष्ट्रिय उडान तथा अवतरण पूर्णरुपमा ठप्प हुनेछ ।

प्रधानमन्त्री भ्रमणमा जानुअघि पनि ३० मिनेट सेवा ठप्प हुने भनिएपनि ड्रुक एयरलाइन्सको विमानको आकस्मिक अवतरणले ४५ मिनेटभन्दा बढी विमानस्थलको उडान सेवा रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार