radio icon

Live Radio

रुपन्देहीको गैडहवामा एक किशोरी मृत अवस्थामा फेला

  • radionrn
  • प्रकाशित मिति : बुधबार, जेष्ठ १, २०७६


रुपन्देही –  प्रदेश न.५ रुपन्देही जिल्ला गैडहवा गाउँपालिकामा एक किशोरी मृत अवस्थामा फेला परेकी छन् । गाउँपालिका वडा न.१ साँडिको भुझौली भन्ने गाउँमा आज  ( बुधबार ) विहान ६ बजे विहेको तयारीमा रहेकी १९ वर्षीय सवनाम निशा नाम गरेकी किशोरी मृत अवस्थामा फेला परेकी हुन् ।

मृतक निशा खेतको सुख्खा कुलोमा वेवारिसे अवस्थामा फेला परेकी हुन् । सोमबार राति खाना खाए पछि निशा घरविहान भएकी थिइन् ।मृतक निशालाई पोष्टमार्टका लागाी  त्रिवि टिचिङ अस्पताल महाराजगंञ्ज काठमान्डौ पठाइएको छ । भने घटना स्थलबाट एक युवाकलाई प्रहरीले आशका रुपमा नियन्त्रणमा लिएको छ । स्थानीयहरुले विहान करिब ७ वजे प्रहरीलाई खवर गरे लगत्तै प्रहरी घटना स्थल तर्फ पुगेको थियो ।

रुपन्देही प्रहरीका प्रहरी उपरिक्षक ह्दय थापाले घटना गम्भीर प्रकृतिको भएका कारण घटनाको अनुसन्धानलाई तिव्र पारिएको जानकारी दिनु भयो । उहाँ ले घटनाको अनुसन्धान अघि बढिसकेको बताउंनु भयो ।

मृतक निशाका वुवा महोम्मद हिसाहार भन्नुहुन्छ,  “सोमबार राति खाना खाएपछि छोरी सुत्न गयो कोठामा अनि राति आमाले हेर्दा विस्तारामा नभएपछि खोजिकार्यमा जुटियो अनि मंगलबार पनि दिनभर खोजिकार्यमा लाग्दा पनि भेटिएन र आज मृत अवस्थामा फेला परेको छ उहाँले बताउंनु भयो ।

सामुहिक रुपमा हत्या गरेर फालीएकोहुन सक्ने स्थानीहरुले आरोप लगाएका छन् । घटनाको बास्ताविकता पत्ता लगाई छिटै नै दोषिलाई कडा भन्दा कडा कार्वाही प्रक्रिया अघि बढाउन प्रहरीलाई अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार