radio icon

Live Radio

भक्तपुरमा जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु

  • radionrn
  • प्रकाशित मिति : बुधबार, जेष्ठ १, २०७६


भक्तपुरमा मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरिएको छ । प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले भक्तपुर अस्पतालमा आज कार्यक्रमको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा मन्त्री दुलालले जनताको गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रदेश सरकारले कुनै कञ्जुस्याइ नगर्ने बताउनुभयो ।
पर्याप्त बजेट व्यवस्था गर्ने र आगामी वर्षहरूमा पनि जनता लक्षित प्रभावकारी स्वास्थ्य कार्यक्रम ल्याउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रदेश सरकारको ३५ अर्ब बजेटमा ६ अर्ब पनि खर्च नहुनुमा आश्चर्य व्यक्त गर्नुभयो ।
प्रमुख प्रजापतिले केन्द्र र प्रदेश सरकारको नीतिको कार्यान्वयन स्थानीय तहले गर्नु प्रभावकारी हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार