radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

अमेरिकाको अलबामामा गर्भपतन प्रतिबन्ध

  • radionrn
  • प्रकाशित मिति : बुधबार, जेष्ठ १, २०७६


अलबामा राज्य सिनेटले गर्भपतन रोक्नेसम्बन्धी अमेरिकामै सबभन्दा कडा विधेयक पारित गरेको छ । सिनेटद्वारा पारित विधेयकमा अलबामामा गर्भपतन पूर्णरूपमा प्रतिबन्ध लगाइने बिबिसीले जनाएको छ । साथै गर्भपतनमा सहयोग गर्ने डाक्टर वा स्वास्थ्यकर्मीलाई आजीवन कैदको सजाय हुन सक्नेछ ।

अलबामामा रिपब्लिकन पार्टीको बहुमत छ । सिनेटले पारित गरेको नयाँ विधेयक प्रमाणिकरण गराउन गभर्नर के आइभी कहाँ पुगेको छ।
गभर्नर के आइभीले विधेयकमा हस्ताक्षर गरेपछि त्यसले कानुनको रुप लिनेछ। गभर्नर आइभीले यसमा हस्ताक्षर गर्नेरनगर्ने बारे केही बोलेकी छैनन्।

तर उनी गर्भपतन रोक्ने कानुन विरोधी रहेको बताइएको छ । नयाँ विधेयकले आमाको स्वास्थ्य जोखिममा पर्ने विशेष अवस्थाहरूमा मात्र गर्भपतन छुट दिनेछ।  बलात्कार वा हाडनाता करणीबाट गर्भ रहे पनि गर्भपतन गराउने छुट हुने छैन। अमेरिकाका १६ राज्यमा पहिले नै गर्भपतन प्रतिबन्ध भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार